टेकु अस्पतालका ‘ट्रिनिटी’


 

टेकुको दृश्य

काठमाडौं ।धार्मिक ग्रन्थहरूमा त्रिदेव ब्रह्मा, विष्णु र महेश्वरको महिमा खुब पढ्न, सुन्न पाइन्छ । उनीहरूले सृष्टि निर्माण, व्यवस्थापन र सञ्चालनमा खेलेको भूमिकाको चर्चा हुने गरेको छ ।
मानव जीवनलाई नै संकटमा पार्नेगरी विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट मानिसको प्राण जोगाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका तीन व्यक्तिहरूले खेलेको भूमिकालाई पनि त्यो भन्दा कम आँक्न मिल्दैन । शास्त्रमा कल्पना गरिएका भगवानले जस्तै कोरोना भाइरस संक्रमण भएर जीवनमरणको दोसाँधमा रहेका मान्छेलाई नयाँ जीवन दिने अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीलाई पनि साक्षत भगवानको रूपमा हेरिने गरिएको छ ।
कोरोनाको पहिलो लहर भन्दा प्राण घातक मानिएको दोस्रो लहरमा पनि टेकु अस्पतालले आफूलाई अब्बल साबित गऱ्यो । केही अस्पतालहरूमा अक्सिजन नपाएर कोरोना संक्रमित बिरामी ज्यानसमेत गयो । तर टेकुमा रहेको उक्त अस्पताल त्यो संकटको अवस्थामा पनि अक्सिजन व्यवस्थापन गर्न सफल र सक्षम साबित भयो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई दोस्रो लहरको कोरोनामा पनि अस्पतालमा बिरामीको सेवामा अब्बल पार्न भूमिका खेल्ने अस्पताल प्रमुख डा.अनुप बाँस्तोला, अस्पतालको इमर्जेन्सी प्रमुख लिलानाथ भण्डारी र स्टोर प्रमुख प्रकाश शर्मालाई टेकु अस्पतालका ‘ट्रिनिटी’को संज्ञा दिन थालिएको छ ।
बाँस्तोला दोस्रो लहरमा अस्पताल व्यवस्थापनला चुस्त दुरुस्त बनाउन सफल दहरिए । यसको जस अस्पतालका पूर्व प्रमुख सागरराज राजभण्डारीलाई पनि जान्छ ।
कोरोनाको दोस्रो लहरमा इमर्जेन्सीका बिरामी धान्न मुस्किल परिरहेको अवस्थामा आफ्नो ज्यान, घर, परिवार केही नभनी २४ सैं घण्टा लिलानाथ भण्डारीले सकेसम्म आएका बिरामीलाई त्यहि व्यवस्थापन गरे । अन्य अस्पतालले इमर्जेन्सीमा आएका बिरामीलाई फिर्ता पठाए पनि टेकुले त्यहिँ व्यवस्थापन गरेर सेवा दियो।
दोस्रो लहरको कोरोनामा देशभरकै स्वास्थ्य संस्थामा अक्सिजनको चरम अभाव सिर्जना भयो । अम्सिजन नपाएर कयौं बिरामीले ज्यानसमेत गुमाउनु पर्यो । अस्पतालहरूले भर्ना भएका बिरामीलाई पनि अक्सिजन दिन नसकिने भन्दै रेफर गरिदिए । तर अस्पतालमा भर्ना भएका बिरामीलाई
अक्सिजन व्यवस्थापन गर्न स्टोर प्रमुख प्रकाश शर्मा २४ सैं घण्टा खटिए । टेकुमा भर्ना भएका बिरामीले अक्सिजन पाएनन् भन्ने अवस्था आउन नदिन उनले दिनरात मेहनत गरे ।
त्यसले अस्पतालको साख बढाएको चर्चा चल्न थालेको छ ।
अस्पतालको नर्सिङ सेवा पनि उत्तिकै उत्कृष्ट रहेको देखियो । नर्सिङ सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन काेभिड इन्चार्ज उषाकला देवकोटाकाे  भूमिका पनि विशेष उल्लेखनीय रहेको छ ।  त्यस्तै प्रशासन प्रमुख नवराज गाैतमकाे व्यवस्थापकिय भुमिका पनि अब्बल रहेकाे छ ।
सरसफाईमा पनि त्यहि किसिमको व्यवस्थापन भएको पाइयो ।
पहिलो लहर कोरोनाकालमा निजी अस्पतालले ढोका थुन्दा शुक्रराज अस्पतालले उपचारमा कुनै कमीकमजोरी हुन दिएन । संक्रमण भइहाले पनि टेकु अस्पतालमा उपचार हुन्छ र ज्यान तलमाथि हुँदैन भनेर आम मानिसको मनोबल बढाउने र ढुक्क हुने छाँप छाड्न सफल भयो । टेकु अस्पतालकै भूमिकाले गर्दा सरकारी अस्पतालमा पनि जन विश्वास बढ्ने काम भएको छ । टेकु अस्पतालले दिएको सेवाले अहिले निजी भन्दा सरकारी अस्पतालको सेवा राम्रो छ भन्ने सन्देश गएको छ ।
खोप लगाउनेमा पनि टेकुले आफूलाई उत्कृष्ट साबित गऱ्यो । हिजो विदाको दिन पनि विदेश जाने व्यक्तिलाई खोप प्रमाणपत्र उपलब्ध गराउन टेकुले सेवालाई निरन्तता दियो । सरकारले सार्वजनिक विदा घोषणा गरेको दिन हिजो मात्र ७ सय सेवाग्राहीले टेकुबाटै भ्याक्सिन प्रमाणपत्र बनाउने सेवा लिएका छन् । एकै दिन साढे ३२ सयले खोप लगाएका छन् ।
पहिलो लहरको कोरोनामा शून्य भेन्टिलेटर र ३ वटा मात्र आईसियू रहेको अस्पतालमा अहिले २२ वटा भेन्टिलेटर र २८ बेडको आईसियू व्यवस्थापन गरिएको छ । यो सय बेड क्षमताको अस्पताल हो ।

डेंगी संक्रमण फैलिएको समयमा पनि टेकु अस्पतालले आफूलाई अब्बल सावित गरिसकेको छ । त्यो समयमा पनि डा. बाँस्तोलाले विशेष भूमिका खेलेका थिए । शनिबारको दिन पनि बिदामा नवसी अस्पताल बाहिर नै टेन्ट टाँगेर बाहिर नै उपचार गरेको थियो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com