१३ लाख ५२ हजार २ सय ७२ जनाले पूर्ण खोप पाए (कुन जिल्लामा कतिले लगाए पूर्ण खोप)


काठमाडौं ।  हाल सम्म ७७ जिल्लाका १३ लाख ५२ हजार २ सय ७२ जनाले कोरोना भाइरस कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार १३ लाख ६६ हजार ०४६ जनाले पूर्ण खोप पाएका छन् । तर, खोप लगाउनेको जिल्लागत रुपमा समावेश भएको तथ्यांक हेर्दा १३ हजार ७ सय ७४ जना कमले लगाएको देखिन्छ ।

पूर्ण खोप सबै भन्दा बढी काठमाडौंका नागरिकले पाएका छन् भने, न्युन खोप मनाङ र मुस्ताङका नागकिरले पाएका छन् । सरकारले ५५ वर्ष भन्दा माथिका नागरिकका लागि वर्गिकरणका आधारमा कोरोना विरुद्धको खोप लगाएको हो । यता अमेरिका बाट आएको जोन्सन खोप भने १८ वर्ष भन्दा माथि उमेर समूहमा लगाइएको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार ३३ लाख ७७ हजार २२८ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लिएका छन् ।

स्वास्थ्य मन्त्रालयले ३ करोड २० लाख ११ हजार जनसंख्यालाई आधार बनाएर खोप संचालनको लक्ष्य लिएको हो । कुल जनसंख्या मध्ये ५५ देखि ५९ वर्ष भन्दा माथिका तार्केटेट जनसंख्या १२ लाख ८० ५ सय ६७ जना रहेका छन् । तर, लक्षित समूह भन्दा बाहिरका व्यक्तिले पनि खोप लगाएकाले लक्षित समूह भन्दा खोप लगाउनेको संख्या बढी हुन पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भेरोसेलको पूर्ण खोप ६ लाख ८२ हजार ७ सय ९० जनाले लगाएका छन् । कोभिसिल्डको पूर्ण खोप ४ लाख ५८ हजार ३ सय ४ जनाले लगाएका छन् । तर, एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप भने बाग्मती, प्रदेश २ र गण्डकीमा गरी २ लाख ११ हजार १ सय ७८ जनाले लगाएका छन् । अधिकारीहरुका अनुसार भेरोसेल र जोन्सनको खोप अभियान जारी छ ।

पूर्ण खोप पाउनेहरु सबै भन्दा बढी काठमाडौंका छन् । यता कम खोप मनाङ र मुस्ताङका नागरिकले पाएका छन् । जोन्सनको खोप एक मात्रा लगाए पुग्छ । सरकारे बाग्मती, प्रदेश २ र गण्डकीमा मात्रै जोन्सनको खोप अभियान चलाएको छ । तिन प्रदेशमा २ लाख ११ हजार १७८ जनाले पूर्ण खोप पाएका छन् । खोप अभियान जारी भएकाले जिल्ला अनुसारको तथ्यांक उपलब्ध भएको छैन । बाग्मती प्रदेशमा १ लाख ७२ हजार ९ सय ७७, प्रदेश २ मा १ हजार ८ सय ५९ र गण्डकी प्रदेशमा ३६ हजार ३ सय ४२ जनाले खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ११४ जना नयाँ संक्रमित थपिएका छन् । १४ हजार ९१० वटा नमुनाको पिसिआर परिक्षण गर्दा उक्त संख्या थपिएका हो । यस बिचमा २ हजार १ सय ९७ जना निको भएर घर फर्केका छन् । १६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

हाल देशभर २५ हजार ८६ जना संक्रमित घरमा बसेका छन् । २ हजार ६ सय ७१ जना मात्रै अस्पतालमा छन् । उनिहरु मध्ये ६ सय ५० जना सघन उपचार कक्ष आइसियु र १ सय ६५ जना भेन्टिलेटरमा छन् । यो संख्या क्रमश बढ्दै जान थालेको छ । सामाजिक दुरीको पालना नहुनु, खोप लगाएको भन्दै बिना मास्क हिड्नु र राजनीतिक आन्दोलनका कारण संक्रमण बढ्न थालेको स्वास्थ्य अधिकारीहरु बताउँछन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com