प्रहरी अतिरिक्त महानिरीक्षकहरुको दर्ज्यान्यी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

काठमाडौं। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको दर्ज्यान्यी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ। प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुको दर्ज्यान्यी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको हो।
एआईजीमा पदोन्नती भएका चन्द्रकुँवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी दर्ज्यानी चिन्हबाट सुशोभित भएका हुन्।
उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले दर्ज्यानी चिन्हबाट सुशोभित भएका एआईजीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। महानिरीक्षक थापाले नेपाल प्रहरीको संस्थागत विकास, सांगठनिक सुदृढीकरण तथा स्तरोन्नति, प्रशासनिक तथा मानवश्रोत व्यवस्थापन र संगठनको वृहत्तर हितका लागि आवश्यक विभागीय कार्ययोजना, नीति निर्माण तथा दीर्घकालीन महत्वका रणनीतिक योजनाहरू निर्माणमा अझ बढी क्रियाशिल र समर्पित भएर कार्यसम्पादन गर्न निर्देशन समेत दिए।
तपाईको प्रतिक्रिया दिनुहोस