अतिरिक्त सचिवको दौडबाट आउट भइन् डा. डेला, डा. सुधालाई सहज


काठमाडौँ । अतिरिक्त सचिव दौडकाे शीर्ष स्थानमा रहेकी डाक्टर डेला सिंह जोशी दौडबाट बाहिरिएकी छिन्। गण्डकीमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत डा. सिंह प्रमुख विशेषज्ञभन्दा चिकित्सक सेवामै रमाउन चाहेको बुझिएको छ। अतिरिक्त सचिवभन्दा उनले चिकित्सक प्राक्टिसमै मालामाल हुने देखेपछि अन्तिम समयमा निवेदन फिर्ता लिएकी छन्।

बढुवा सिफारिस समितिको बैठक बस्नै लाग्दा आफूले अतिरिक्त सचिवको दौडबाट बाहिर निस्कन लागेको पत्र स्वास्थ्य मन्त्रालयमा पठाएकी छन्। यद्यपि उनले पठाएको पत्र मन्त्रालयले खोलेको भन्ने छैन।

अतिरिक्त सचिवका लागि २२ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमध्ये कार्यसम्पादन मूल्याङ्कन, जेष्ठता दुर्गम, सबै नम्बर जोड्दा डाक्टर डेला शीर्ष स्थानमा थिइन् । त्यस्तै दोस्रोमा डाक्टर श्रीकृष्ण श्रेष्ठ र डाक्टर सुधा देवकोटा तेस्रोमा थिइन् । डाक्टर डेलाले फिर्ता लिएसँगै पुनः श्रीकृष्ण श्रेष्ठ एक नम्बरमा उक्लिएका छन् भने, दाेश्राेमा डाक्टर सुधा परेकी छन्।

विगतमा डाक्टर श्रीकृष्ण श्रेष्ठले आवेदन नहाल्दा डाक्टर संगीता कौशल मिश्रलाई अतिरिक्त सचिव बन्नका लागि चिठ्ठा परेको थियो। अहिले डाक्टर निवेदन फिर्ता लिँदा डाक्टर सुधालाई चिठा परेको छ। डाक्टर सुधा यहीँ अवस्था रहे अतिरिक्त सचिव बन्ने पक्का बनेको छ। जे होस् विगतमा लक्ष्मण अर्याल स्वास्थ्य सचिव भएको समयमा डा. सुधा देवकोटालाई कासमूमा उठ्नै नसक्ने गरी दबाएका थिए।

सचिव डाक्टर विकास देवकोटाले पक्कै पनि सुधालाई काखी च्याप्छन्। उनलाई अतिरिक्त सचिव बनाउन नम्बर बढाउनु पर्छ भन्ने छैन। उनले पाउने नम्बर इमान्दारिताका साथ दिए मात्रै पनि डाक्टर सुधा अतिरिक्त सचिव बन्नेछन् । यो पटक अतिरिक्त सचिव बढुवा हुँदा एकजना महिला जसरी पनि समेटिने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #अतिरिक्त सचिव

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ