परराष्ट्र मन्त्रालयको प्रवक्ताको जिम्मेवारी क्षेत्रीलाई 


काठमाडौं। परराष्ट्र मन्त्रालयको जिम्मेवारी लोकबहादुर पौडेल क्षेत्रीले पाएका छन्। सार्वजनिक कूटनीति महाशाखा प्रमुख रहेका क्षेत्रीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।

यसअघि वरिष्ठ सहसचिव कृष्णप्रसाद ढकाल परराष्ट्र मन्त्रालयका प्रवक्ता थिए। वरिष्ठ सहसचिवलाई प्रवक्ताको जिम्मेवारी दिने परम्परा तोड्दै कनिष्ठ सहसचिव क्षेत्रीलाई प्रवक्ता तोकिएको हो। यो परम्परा पनि आरजु राणा देउवा कै पालामा तोडिएको छ। परराष्ट्र मन्त्रालय जे हुन्छ आरजु कै पालामा हुन्छ भन्ने मान्यता वरिष्ठ सहसचिवलाई प्रवक्ता तोक्ने परम्परालाई तोड्दै कनिष्ठलाई बनाएपछि स्थापित भएको छ। वरिष्ठ सहसचिव ढकाललाई भने प्रवक्ताबाट अलग गराएर संयुक्त राष्ट्र संघ तथा विशिष्टकृत संघ संस्था महाशाखा मात्र जिम्मेवारी दिइएको हो।

अन्तर्राष्ट्रिय संघ, संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखालाई फुटाएर ३ वटा महाशाखामा विभाजन गरिएको छ। एउटा अन्तर्राष्ट्रिय संघ, संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा अर्को संयुक्त राष्ट्र संघ तथा विशिष्टकृत संघ संस्था महाशाखा र प्रवक्ताको जिम्मेवारीलाई त्यहाँबाट अलग गरिएको हो।

अन्तर्राष्ट्रिय संघ, संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा प्रमुखको जिम्मेवारी विष्णुप्रसाद गौतम छन् भने संयुक्त राष्ट्र संघ तथा विशिष्टकृत संघ संस्था महाशाखा प्रमुखमा ढकाल छन्। ढकाल एक्लैले लिँदै आएको जिम्मेवारी ३ जना सहसचिवमा विभाजन भएको छ। परराष्ट्रमा एउटै सहसचिवले सजिलै हेर्दै आएको महाशाखा लहडमा अनावश्यक दरबन्दी थप्दा ३ जना सहसचिवमा बाँडफाँड भएको हो। सहसचिव ढकालले हेर्दै आएको जिम्मेवारी गौतम र क्षेत्रीले पाएका हुन्। अब सार्वजनिक कूटनीति महाशाखा प्रमुखले नै प्रवक्ताको भूमिकामा काम गर्नेछन्।

क्याटेगोरी : समाचार
ट्याग : #अन्तर्राष्ट्रिय संघ, #अन्तर्राष्ट्रिय संघ संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा, #कृष्णप्रसाद ढकाल, #परराष्ट्र मन्त्रालय प्रवक्ता, #लोकबहादुर पौडेल क्षेत्री, #विष्णुप्रसाद गौतम, #संगठन तथा अन्तर्राष्ट्रिय कानुन महाशाखा, #संयुक्त राष्ट्र संघ तथा विशिष्टकृत संघ संस्था महाशाखा, #सार्वजनिक कूटनीति महाशाखा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ