भिजिट भिसा सेटिङमा अख्तियारको छानबिन रहेका उच्च पदस्थहरू


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा सेटिङमा तीर्थराज भट्टराई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेसँगै तरंग आएको छ। काठमाडौंको एलडिओ हुँदा त्रिपाल काण्डमा भ्रष्टाचारमा डामिएर विशेष अदालतबाट सफाइ पाएका भट्टराईले ‘पल्केको तिल्के घरीघरी मिल्के’ गरेपछि अख्तियार भ्रष्टाचारमा अर्को झड्का दिएको हो।

उक्त प्रकरणमा गृहका तत्कालीन उच्च अधिकारीहरू समेत तानिएका छन्। तत्कालीन गृहमन्त्री रमेश लेखक, उनका निजी सचिव बद्रीप्रसाद तिवारी, स्वकीय सचिव जनक भट्टसहित सचिवालयमा कार्यरत अन्य व्यक्तिहरू पनि अख्तियारको छानबिन दायरामा परेका छन्। तिवारी त अहिले म्याग्दीको सिडिओ जस्तो महत्त्वपूर्ण र संवेदनशील जिम्मेवारीमा रहेका छन्।

तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र उनको सचिवालय पनि भिजिट भिसा प्रकरणमा अख्तियारको छानबिन दायरामा रहेको पाइन्छ। अध्यागमन विभागका तत्कालीन महानिर्देशक गोविन्दप्रसाद रिजाल, गृह मन्त्रालयका तत्कालीन शान्ति सुरक्षा हेर्ने महाशाखा प्रमुख रामचन्द्र तिवारी र प्रशासन महाशाखा हेर्ने सहसचिव छवि रिजाल तथा उनको सिंगो टिमनै अख्तियारको छानबिनमा तानिएको हो। भिजिट भिसा सेटिङमा गृहका दुई शाखा अधिकृत गणेशदत्त ओझा र विमल पौडेल चल्तापुर्जा रहेको गृह कै अधिकारीहरू बताउँछन्। यीमध्ये रामचन्द्र तिवारी अहिले पनि अध्यागमन विभागको नेतृत्वमा रहेका छन्।

जुन ठाउँमा भएको सेटिङको विषयमा अख्तियारले छानबिन गरिरहेको छ त्यही ठाउँमा तिवारीलाई गौडा ढुक्न राखिएको छ। तिवारीबन्धुको जिम्मेवारीलाई लिएर गृह मन्त्रालयको आलोचना हुन थालेको छ। यसमा ‘जेन-जी’ सरकारका गृहमन्त्री र सचिवको गम्भीर ध्यानाकर्षण हुनुपर्ने देखिन्छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ