दुई सिडिओ फेरिए: डोल्पाको सिडिओमा जुनु, बझाङमा मुकेश 


काठमाडौं। गृह मन्त्रालयले डोल्पाको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा जुनु हमाल दाहाललाई खटाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उपसचिव(गुनासो सुन्ने अधिकारी) रहेकी जुनु ‘एचडी’ डोल्पाको सिडिओमा फड्केकी हुन्। उनी पटकपटक सहसचिवको लिखितमा नाम निकालेर पनि उपसचिवमै सीमित हुँदै आएकी छिन्। निर्वाचनको मुखमा जुनुलाई डोल्पाको सिडिओ बनाएर पठाइएको हो।

डोल्पाका सिडिओ भीमराज कोइरालालाई पाँचथरको सहायक सिडिओमा खटाइएको छ। गत भदौमा डोल्पामा सिडिओ भएका कोइराला ५ महिना नपुग्दै पाँचथरतिर पुगेका हुन्। ‘जेन-जी’ आन्दोलनभन्दा अघि डोल्पाको सिडिओ बनेका कोइरालाले फोटोको पृष्ठभूमिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली कै फोटो राखेका छन्। उनले प्रधानमन्त्री सुशीला कार्कीलाई स्वीकार गरेको देखिँदैन।

यता बझाङको सिडिओमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना अधिकारी मुकेशकुमार केशरीलाई पठाइएको छ। गृह मन्त्रालयले केशरीलाई विभागबाट बझाङको सिडिओमा सरूवा गर्दै बझाङका सिडिओ कैलाश बहादुर ठकुराठीलाई दैलेखको सहायक सिडिओमा पठाइएको हो।

बागलुङको सहायक सिडिओ जनराज पन्तलाई गृह मन्त्रालय सरूवा गर्दै बागलुङको सहायक सिडिओमा नवराज बराललाई पठाइएको छ। कपिलबस्तुको सहायक सिडिओ बनेर भविश्वर घिमिरे गएका छन्। त्यस्तै धनुषाको सहायक सिडिओमा कृष्णप्रसाद गैह्रेलाई सरुवा गरेर पठाइएको हो।

क्याटेगोरी : समाचार
ट्याग : #जुनु हमाल, #भीमराज कोइराला, #मुकेश कुमारी केशरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ