एड्स, क्षयरोग र मलेरियाविरुद्ध सहयोगमा जोड
काठमाडौं । स्वास्थ्य जनसङ्ख्या तथा मन्त्री निशा मेहता ले एड्स, क्षयरोग र मलेरियाविरुद्धका कार्यक्रमहरूमा अन्तर्राष्ट्रिय साझेदारी अझ सुदृढ बनाउनुपर्ने बताएकी छन्।
नेपालका लागि बेलायती राजदूत रोब फेन सँगको शिष्टाचार भेटमा मन्त्री मेहताले बहुपक्षीय संयन्त्रमार्फत प्राप्त सहयोगले नेपालको स्वास्थ्य प्रणाली मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको बताइन्।
उनले खोप तथा प्रतिरक्षणका लागि Gavi, the Vaccine Alliance जस्ता अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र जनमुखी बनाउन सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइन्।
भेटका क्रममा मन्त्री मेहताले सरकारले अघि सारेको सुधारमुखी कार्ययोजनाले स्वास्थ्य सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिएको समेत उल्लेख गरिन्।
राजदूत फेनले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै विशेषगरी एड्स, क्षयरोग र मलेरियाविरुद्धका कार्यक्रमहरूमा सहकार्यलाई थप मजबुत बनाउने बताए।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस