सचिव व्यवस्थापनका लागि बागमतीबाट सरूवा गर्न अवधि पुगेका सहसचिवहरू


काठमाडौं। बागमती प्रदेशमा सचिव व्यवस्थापनका लागि केही सहसचिवको संघमा सरूवा गर्नुपर्ने अवस्था आएको छ। बागमती प्रदेशबाट ३ सहसचिव तत्काल संघमा ल्याउँदा सचिव व्यवस्थापन गर्न सहज हुने देखिन्छ।

मन्त्रालय गाभिएपछि बागमती प्रदेशमा एउटै मन्त्रालयमा तीनजनासम्म सचिव पुगेका छन्। ती सचिवहरूलाई व्यवस्थापन गर्न केही सचिवलाई संघमा तान्नु पर्ने अवस्था आएको हो।

बागमती प्रदेशका सचिवहरू तुलसीनाथ गौतम, केदार बराल र इन्द्रदेव भट्टको दुई वर्ष अवधि पूरा हुन लागेकाे छ। सचिव हेमराज भुसाल, ईश्वर चन्द्र मरहट्टा पनि एक वर्षभन्दा बढी अवधि पुगेको हो।

नेपाल प्रशासन सेवाका सहसचिव गौतम प्रदेश लोक सेवा आयोगको सचिव र भुसाल प्रदेश नीति तथा योजना आयोगको सचिव हुन्। नेपाल प्रशासन सेवाका यी दुबै सहसचिवलाई संघमा सरूवा गर्दा बागमती प्रदेशलाई सचिव व्यवस्थापन गर्न सहज हुने देखिन्छ। सहसचिव गौतमको त जागिर पनि डेढ महिना मात्र बाँकी छ।

बागमती प्रदेशकाे कृषि, पशुपन्छी वन तथा वातावरण मन्त्रालयमा दुई सहसचिव भएका छन्। केदार बराल र सुधीर श्रेष्ठ एउटै मन्त्रालयको सचिव भएका हुन्। वनतिरका केदार बरालको दुई वर्ष पुग्न लागेकाले उनलाई संघमा ल्याउदा सुधीरलाई एकल जिम्मेवारी दिन सहज हुन्छ। दिपेन्द्र सुवेदी, खुबीराम अधिकारी प्रदेश सेवा कै सचिव भएकाले संघका सहसचिवलाई नै हालको कानुनले जिम्मेवारी दिन भनेकाले अन्य सचिव (सहसचिव)को व्यवस्थापन गर्न सहज हुने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #केदार बराल, #तुलसीनाथ गौतम, #हेमराज भुसाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ