सचिव सरिता दवाडीले साढे २ वर्षमा बल्ल काँध फेरिन
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाडीले साढे दुई वर्षपछि बल्ल काँध फेरेकी छिन्। २०८० चैतदेखि सिंचाई सचिवको जिम्मेवारी सम्हालिरहेकी दवाडीलाई पछिल्लो समय ऊर्जा समेत थपिएको थियो। एक मन्त्रालय एक सचिव नीति अनुसार सरिताले नै सिंगो मन्त्रालयको कमाण्ड सम्हालिन। साढे दुई वर्ष बढी एउटै कुर्सीमा बिताएर दवाडी नेपाल ट्रष्टको कार्यालयमा सरूवा भएकी छिन्।
२०८० मंसिर १३ गते सचिवमा बढुवा भएकी दवाडी साढे ३ महिना जल तथा ऊर्जा आयोगमा बिताइन्। त्यसपछि सिंचाई मन्त्रालयको सचिव बनेर गएकी दवाडी बल्ल सरूवा भएकी हुन्।
‘इरिगेसन’ समूहकी दवाडी सिंचाइ विभागको महानिर्देशक समेत भएर इतिहास रचिन। विज्ञता अनुरूपको मन्त्रालयमा सचिवको आधा कार्यालय बसेर नेपाल ट्रष्टको कार्यालयमा सरूवा भएकी हुन्।
क्याटेगोरी : समाचारट्याग : #सरिता दवाडी


तपाईको प्रतिक्रिया दिनुहोस