लोक सेवा र योजना आयोगमा सचिव पद रिक्त हुँदा पनि बागमती प्रदेशले व्यवस्थापन गर्न सकेन


काठमाडौं। बागमती प्रदेश सरकारले दुई निकायमा सचिव खाली हुँदा पनि व्यवस्थापन गर्न नसकेको छैन। बागमती प्रदेश प्रदेश लोक सेवा आयोग र प्रदेश नीति तथा योजना आयोगमा सचिव पद रिक्त रहेको छ। संघीय सरकारले अवकाशको मुखमा रहेका लोक सेवा आयोगका सचिव (सहसचिव) तुलसीनाथ गौतमलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त र हेमराज भुसाललाई उपराष्ट्रपति कार्यालयमा तानेको छ। आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयका सचिवलाई पनि अतिरिक्तमा तानेको हो।

स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा सुमित्रा गौतम, खुबिराम अधिकारी र गीता कुमारी होमेगाई रहेका छन्। उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा जिवलाल भुसाल, दिपेन्द्र सुबेदी र अनिता निरौला सचिवको भूमिकामा छन्। त्यस्तै कृषि, पशुपन्छी वन तथा वातावरण मन्त्रालयका सचिव सुधीर श्रेष्ठ र डा. केदार बराल हुन्।

सुवेदी र अधिकारी प्रदेश कै सचिव हुन्। संघीय कानुन अनुसार प्रदेशको सचिव संघबाटै पठाउने व्यवस्था भएकाले सुवेदी र अधिकारीलाई संघबाटै पठाएको सचिवको मातहातमा खटाउनु पर्छ।

गीता कुमारी होमेगाई जिवलाल भुसाल र अनिता निरौलामध्ये दुईजनालाई लोक सेवा आयोग र योजना आयोगकसचिवको सचिव व्यवस्थापन गर्न सक्ने ठाउँछ। अहिले बागमतीमा बढी भएको सचिव भनेको कृषि, पशुपन्छी वन तथा वातावरण मन्त्रालयका सचिव सुधीर श्रेष्ठ र डा. केदार बरालमध्ये एक हुन्। बराल करिब दुई वर्षदेखि बागमती प्रदेशमै रहेकाले उनलाई संघीय सरकारले अन्यन्त्र व्यवस्थापन गर्नुपर्छ। बागमतीको हकमा सरकारले पठाएका नेपाल प्रशासन सेवाका सहसचिवलाई सोही प्रदेशले व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ