आधा दर्जन बढी निकायमा सहसचिव पद रिक्त 


काठमाडौं। आधा दर्जन बढी निकायमा सचिव पद रिक्त रहेको छ। पछिल्लो समय सचिवमा बढुवा भएका मन्त्रालय, आयोगदेखि राजीनामा दिएका ठाउँमा सहसचिव पद रिक्त रहेको देखिन्छ।

इन्दु घिमिरे सचिवमा बढुवा भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक सहसचिव रिक्त छ। बिनोदबहादुर कुँवर सचिवमा बढुवा भएपछि राष्ट्रिय समावेशी आयोग पनि सचिवविहीन अवस्थामा छ। उत्तरकुमार खत्री सचिवमा बढुवा भएपछि अर्थ मन्त्रालयमा पनि एक सहसचिव पठाउने ठाउँ खाली भएको हो।

कालीप्रसाद पराजुली सचिवमा बढुवा भएपछि राष्ट्रिय महिला आयोग पनि सचिव व्यवस्थापन गर्न बाँकी छ। रूद्रसिंह तामाङ सचिवमा बढुवा भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पनि एक सहसचिव रिक्त हुने देखिन्छ।

प्रदिपराज अधिकारीले राजीनामा दिएपछि आदिवासी जनजाति आयोग पनि सचिवविहीन अवस्थामा छ। रूद्रप्रसाद पण्डितले राजीनामा दिएपछि रक्षा मन्त्रालयमा एक सहसचिव र ऋषिराज आचार्यले राजीनामा दिएपछि लगानी बोर्डमा एक सहसचिव रिक्त हुँदैछ। राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पनि रामहरि ज्ञवालीले राजीनामा दिएपछि एक सहसचिव खटाउने ठाउँ छ। सामान्यको जगेडामा रहेको ६ महिनाभन्दा बढी अवधि भएका सहसचिवहरू समेत पृष्ठभूमि हेरेर व्यवस्थापन गर्न सकिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ