रूद्रसिंह तामाङ सचिवमा बढुवा


काठमाडौं। सहसचिव रूद्रसिंह तामाङ सचिवमा बढुवा भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव तामाङलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।

सचिव बढुवाका लागि तामाङसहित आभा श्रेष्ठ र चक्रबहादुर बुढाको नाम सिफारिस भएको थियो। सरकारले पहिलो नम्बरमा रहेका तामाङलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

यसैगरी मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ