बुढानिलकण्ठ मन्दिर क्षेत्रमा मुअब्जा लिएर खाली नगरेका घरमा चल्यो डोजर
काठमाडौं। बुढानिलकण्ठ मन्दिर क्षेत्रमा मुअब्जा लिएर खाली नगरेका घरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले डोजर चलाएको छ।मन्दिरको जग्गामा कब्जा जमाएपछि प्रशासनले एक्सन लिएको हो। बुढानिलकण्ठ मन्दिर परिसरमा मुअब्जा लिएर खाली नगरेका घरमा ३९ वर्षपछि डोजर लगाएर खाली गरिएको छ। काठमाडौंका सिडिओ ईश्वरराज पौडेलको सक्रियता र समन्वयमा उक्त क्षेत्रमा अतिक्रमित संरचना हटाइएको हो।
गत साउनमा साविकमा मुअब्जा बुझी बुझेर पनि बुढानिलकण्ठ मन्दिर क्षेत्र ओगटी बसिरहेका र सार्वजनिक वा पर्ति जग्गा ओगटी बसिरहेका सम्पूर्ण व्यक्तिहरूलाई संरचना वा जग्गा खाली गर्न प्रशासनले सूचना जारी गरेको थियो। ७ दिनपछि घर संरचना हटाइ संरक्षण गरिने र सार्वजनिक प्रयोजनमा प्रयोगमा ल्याइने साउन २८ गते नै प्रशासनले सार्वजनिक सूचनामार्फत् स्पष्ट पारेको थियो। सूचनालाई अटेर गरी सरंचना नहटाएपछि डोजर लगाएर अतिक्रमित संरचना हटाइएको छ। गगनको क्षेत्रमा बालेनको डोजर चलेको हो।
जग्गा प्राप्ती ऐन, २०३४ बमोजिम अधिग्रहण गरी मुअब्जा समेत दिएका जग्गाहरू खाली नभएपछि बालेन सरकारले चासो दिएर डोजर लगाएको छ। अदालतको समेत बुढानिलकण्ठ मन्दिर परिसरमा अतिक्रमित संरचना हटाउन आदेश दिएको थियो। उक्त आदेश समेत कार्यान्वयन भएको हो। ३९ वर्षसम्म हुन नसकेको काम बालेन सरकार आएपछि कार्यान्वयनमा आएको छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस