७२ हजार घूससहित रंगेहात पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृत यादव दोषी ठहर


काठमाडौं। ७२ हजार घूस रकमसहित रंगेहात पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव दोषी ठहर भएका छन्। महोत्तरीको सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादव विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन्। भ्रष्टाचारी ठहर भएका यादवको जागिर चैट भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासले गत जेठमा प्रमुख प्रशासकीय अधिकृत यादवलाई ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो। अख्तियारको टोलीले उनलाई महोत्तरीको औरही सडकबाट नियन्त्रणमा लिएको थियो। विशेष अदालतले उक्त घूस/रिसवत मुद्दामा यादवलाई भ्रष्टाचारी ठहर गरेको छ। ढलानमा घुस खाने महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव जागिर पनि ढलानमै मिसिएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ