भुटानबाट तीन लाख अस्ट्राजेनेका खोप शुक्रबार आउँदै


काठमाडौं । भुटानले नेपाललाई सापटीस्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको खोप शुक्रबार आउने भएको छ । स्वास्थ्य सेवा विभाग स्रोतका अनुसार तीन लाख डोज अस्ट्राजेनेकाको खोप शुक्रबार आउँन लागेको हो । बिहान ९ बजेर ४० मिनेटमा काठमाडौं आइपुग्ने छ ।

अधिकारीहरुले बताए अनुसार आफ्ना नागरिकलाई खोप लगाइसकेपछि बाँकी रहेको ३ लाख डोज नेपाललाई दिन लागेको हो । विभागका एक उच्च अधिकारीले भने, भुटानबाट शुक्रबार खोप आउँदैछ । तर, सहयोग वा सापटी भन्ने बारे अझै एकिन भएको छै ।

गत फागुन अन्तिम साता कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्ष र त्योभन्दा बढी उमेरका करिब १३ लाख वृद्धवृद्धाले हाल सम्म पनि दोस्रो डोज खोप पाएका छैनन् । हाल सम्म नेपालमा अमेरिका, भारत र चीनको खोप प्रयोग भएको छ । कुल जनसंख्या मध्ये ४३ लाख ५९ हजार २७७ जनाले पहिलो मात्रा लगाएका छन् । त्यस्तै २१ लाख ३० हजार ९ सयले दोस्रो मात्रा लगाएका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ##covid

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ