पाकिस्तानद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पाकिस्तानी राजदुताबासले १ करोड १९ लाख रुपियाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पाकिस्तानी दुताबासका चार्ज डे अफेयर्स एडनान जाभेद खानले स्वास्थ्य सचिब डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

पाकिस्तानी दुताबासका अनुसार ‘मेड इन पाकिस्तान’ अर्थात् पाकिस्तानमा निर्मित ३० पोर्टेबल भेन्टिलेटर, ३० बाइप्याप मेसिन हस्तान्तरण भएको हो । सार्क सदस्य मुलुकहरुका लागि पाकिस्तानले घोषणा गरेको कोभिड १९ आपतकालिन सहायता कार्यक्रम अन्तर्गत नेपाललाई सहयोग गरेको दुताबासले जनाएको छ । गत महिना दुताबासले ४ करोड ३० लाख रुपियाँ बराबरको सहयोग रकम नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

स्वास्थ्य सचिब पोखरेलले सहयोगका लागि सरकार र पाकिस्तानी जनतालाई धन्यबाद व्यक्त गरे । पाकिस्तानी कूटनीतिज्ञ जाभेदले नेपाललाई कोभिड महामारी रोकथाम, नियन्त्रण तथ उपचारका लागि पाकिस्तानले निरन्तर सहयोग गर्ने बचनबद्धता व्यक्त गरे ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com