भण्डारणमा रहेका खोप चाँडो लगाउन राज्यमन्त्री श्रेष्ठको निर्देशन


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यन्त्री उमेश श्रेष्ठले खोप भण्डारण केन्द्रमा रहेका खोप लक्षितवर्गलाई चाँडो लगाउन निर्देशन दिएका छन् ।
टेकू र त्रिभुवन विमानस्थलस्थित खोप भण्डारण केन्द्रको निरीक्षण गर्ने क्रममा राज्यमन्त्री श्रेष्ठले खोप लगाउने कार्यमा तीव्रता दिन जोड दिएका हुन् । विद्यार्थी, शारीरिक रूपमा अशक्त भएका र जेष्ठ नागरिकलाई प्राथिकतामा राखेर खोप दिनुपर्ने उनको भनाई छ ।
जवाफमा स्वास्थ्य सेवा विभागमा महानिर्देशक आरपी बिच्छाले निर्णय गरे तत्कालै खोप लगाउने बताए । उनले खोप लगाउने विषय आफ्नो प्राथमिकतामा रहेकाले यसमा जस्तोसुकै प्रयास र व्यवस्थापन गर्न तयार रहेको स्पष्ट पारे ।
निरीक्षणको क्रममा राज्यमन्त्री श्रेष्ठ, स्वास्थ्य सचिव रोशन पोखरेल, प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहको टोली टेकू र त्रिभुवन विमानस्थलस्थित खोप भण्डारण केन्द्रमा पुगेको थियो ।
‘भण्डारणको अवस्था,भण्डारण क्षमता विस्तार तथा आपूर्तिको प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक कार्य तदारुकताका साथ अघि बढाइनेछ’, राज्यमन्त्री श्रेष्ठले भने । यता सर्वोच्च अदालतले सर्वोच्च अदालतले खोप केन्द्रमा आउन नसक्ने ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घरोगी तथा फरक क्षमता भएका तथा दुवै आँखा नदेख्ने व्यक्तिलाई तत्काल खोप लगाउने व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ।
नेपालले कोभ्याक्समार्फत् ४० लाख डोज मोडर्नाको कोरोना खोप प्राप्त हुने भएको छ । यसले पनि खोपमा सरकारले तदारुकता देखाएको देखिन्छ ।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com