आरजुलाई दिज्यू भन्ने राप्तीकी उपकुलपति भण्डारीको आतंक


काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीले प्रतिष्ठानलाई निजी सम्पत्तिसरह प्रयोग गरिरहेको पाईएको छ । उपकुलपति भण्डारीले राप्ती प्रतिष्ठानको जग्गा बीनाप्रतिस्पर्धा मिलेमतोमा कौडीको भाउमा व्यापारीलाई भाडामा लगाएकी छिन् ।

उनले निजी सम्पत्ति जस्तै गरेर सीधै ३० वटा सटरबाट मासिक ५ लाख भाडा लगाउनेदेखि सेटिङमा अक्सिजन प्लान्ट खरिद गर्नेसमेत काम गरेको पाइएको छ ।

उपकुलपति भण्डारीले कर्मचारीलाई बोल्न प्रतिबन्ध लगाएकी छिन् । उनले प्रतिष्ठानमा भएका अनियमितताको विषयमा मिडियामा बोल्नेलाई कारबाहीको धम्की दिँदै आएकी छिन् ।

उपकुलपति भण्डारीले मेडिकल सामग्री खरिददेखि अन्य कार्यमा जे भन्यो त्यहिँ गरेर राज्यकोषमाथि रजाईं गरिरहेको प्रतिष्ठानका अधिकारीहरु बताउँछन् ।

स्रोतका अनुसार एकातिर प्रतिष्ठान आफूलाई नै भवन र जग्गा अपुग छ तर अर्कोतिर प्रतिष्ठानको कार्यालय नजिकको जग्गा भने भण्डारीले कमिसन खाएर सेटिङमा भाडामा लगाउने काम गरेको पाइएको छ । प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको निर्देशन दिएपनि उपकुलपति भण्डारीले अधिकारको दुरूपयोग गरेर जग्गा भाडामा लगाए पनि सरकारले कुनै कारबाही गर्न सकेको छैन ।

भण्डारीले अक्सिजन प्लान्ट खरिदमासमेतमा राज्यलाई घाटा पुग्नेगरी काम गरेकी छन् । अमेरिका नेपाल मेडिकल फाउण्डेसनले आइसियू किन्नका लागि ७२ लाख अनुदान दिएपनि त्यसलाई प्रयोगमा नल्याई उपकुलपति भण्डारीले व्यापक दुरुपयोग गरेकी छन् ।

राज्यको पैसा दुरुपयोग गरेर अनावश्यक रूपमा ललितपुरमा मासिक लाखौं भाडा तिरेर सम्पर्क कार्यालय खोलिएको छ । नेपाल चिकित्सक संघबाटसमेत आर्थिक चलखेलका आधारमा सम्मान थापेर पुन: उपकुलपति खाने दौडमा भण्डारी लागेकी हुन् ।
पहिला विवादस्पद निर्णय गरेकाले हटाउन खोज्दा तत्कालीन् प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक दिव्यासिंह शाहलाई प्रयोग गरेर जागिर थमौती गर्न सफल भण्डारी फेरि प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवालाई दिज्यू भन्दै उपकुलपति बन्न चलखेलमा लागेको पाइएको छ ।

उनले आरजुलई फोन गरेर अन्य कर्मचारी र मन्त्रालयका अधिकारीलाई तर्साउनुका साथै आफूलाई कसैले केही गर्न नसक्ने भन्दै आतंक मच्चाउन थालेकी छिन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com