बीपीको रजिष्ट्रार बन्न रेग्मीले यतिसम्म गरे


काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार बन्न डा. मोहनचन्द्र रेग्मीले एमाले पार्टी कार्यकर्ताको हैसियतमा काम गरेको पाइएको छ ।

नेकपा एमाले सुनसरी जिल्ला समितिको कार्यक्रममा सहभागी भएर रेग्मीले एमाले पार्टीबाट रजिष्ट्रार बन्ने योग्यता दर्ज गराएको तथ्य फेला परेको हो ।

बीपी प्रतिष्ठानको कानूनअनुसार रजिष्ट्रार बन्ने योग्यता नपुगेका रेग्मी पार्टी सदस्यता लिएर योग्यता हासिल गरेको चर्चा चल्दै आएको छ ।

यसको उदाहरण रेग्मी पार्टी कार्यकर्ताको हैसियतमा प्रदेश नम्बर एकका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश कुसियतसँगै एमाले सुनसरी जिल्ला कमिटीले आयोजना गरेको मदन भण्डारी प्रतिष्ठानको कार्यक्रममा सहभागी भएको तथ्य नेपाल लाइभले फेला पारेको छ । विभिन्न शक्ति केन्द्र धाएर रजिष्ट्रार बन्न सफल रेग्मी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन गर्न थालेपछि कारबाहीबाट जोगिन राजीनामा दिएर हिडेको चर्चा छ ।

मदन भण्डारी फाउण्डेसनको सुनसरी जिल्ला भेलामा मन्त्री कुसियतसँगै रेग्मी 

राजेन्द्र महतो स्वास्थ्यमन्त्री हुँदा सद्‌भावना पार्टीको सदस्यता लिएका रेग्मी गगन थापा स्वास्थ्यमन्त्री हुँदा मन्त्री थापाको हातबाट कांग्रेस कै सदस्यता लिएका थिए । उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुँदा संघीय समाजवादी गएका रेग्मी भानुभक्त ढकाल स्वास्थ्यमा आउने बित्तिकै फेरि एमालेमा प्रवेश गरेर पार्टी प्रशिक्षण कार्यक्रममासमेत सहभागी बन्दै आएका थिए । स्वास्थ्यमन्त्री फेरिने बित्तिकै मन्त्रीको पार्टी छिर्ने गरेका रेग्मीलाई एमाले पार्टी प्रवेश भने उपलब्धीमूलक रह्यो ।

मन्त्री ढकालकी श्रीमती इन्दिरा फुयाँलमार्फत सम्पर्क बढाएको रेग्मीले उपकुलपति ज्ञानेन्द्र गिरीका सल्लाहकार दिलीप भट्टराईसँगको च्याटबाट देखिन्छ ।

 

रजिष्ट्रार बन्नु अघि रजिष्ट्रार रेग्मीको उपकुलपतिको सल्लाहकारसँगको गोप्य कुरा !

एमाले प्रवेश गरेर मोरङ र सुनसरीमा हुने कार्यक्रममा कार्यकर्ताको हैसियतमा सहभागी बनेका रेग्मीले विराटनगरका पर्शुराम बस्नेत, इनरूवाका सम्राट श्रेष्ठलगायतको सहयोगमा योग्यताविपरीत बीपीको रजिष्ट्रार पड्काउन सफल भएको आरोप लाग्दै आएको छ । तर, अनियमिताता कुरा बाहिर आएपछि कानूनी कठघरामा उभिनुपर्ने अवस्था देखेपछि रजिष्ट्रार रेग्मी राजीनामा दिएर सुइकुच्चा ठोकेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com