गेटा मेडिकल कलेज संचालनमा ल्याउने तयारी


काठमाडौं । सरकारले गेटा मेडिकल कलेज संचालनमा ल्याउने तयारी गरेको छ । गेटा मेडिकल कलेज संचालनमा ल्याउनका लागि सुझाव दिन चेतराज पन्तको संयोजकत्वमा समिति समेत गठन गरेको स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

समितिको सदस्यमा डा. जीवन क्षेत्री, डा. दिलिप शर्मा, डा. शेखरबाबु रिजाल, डा. हरी लम्साल, डा. प्रमोद जोशी, डा. मुकुन्द जोशी, डा. हेमराज पनेरु, डा. पदमबहादुर चन्द र डा. सुदेश कायस्थ छन् । कानून मन्त्रालयका सहसचिव र योजना आयोगका सहसचिव प्रतिनिधि छन् । समितिको सदस्य सचिवमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा.मदन उपाध्याय रहेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com