बीपी प्रतिष्ठानमा गुरु खनाल र दिलीप ठाकुरको मिलेमतोमा भएका भुक्तानीहरू


काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा तत्कालीन उपकुलपति डा. गुरु खनाल र डेपुटी अस्पताल निर्देशक दिलीप ठाकुरको मिलेमतोमा भएका अनियमितताको महत्त्वपूर्ण विवरण स्वास्थ्य लाइभले फेला पारेको छ ।

डा. गुरु खनाल कार्यवाहक उपकुलपति हुँदा आर्थिक कारोबारको सन्दर्भमा पूर्णउपकुलपतिसरह निर्णय गरेर करोडौं कमिसनको चलखेल गरेको स्वास्थ्य लाइभले फेला पारेको हो । खनालका विश्वासपात्र डेपुटी अस्पताल निर्देशक ठाकुरको ती महत्त्वपूर्ण भुक्तानीहरूमा संलग्नता रहेको तथ्य फेला परेको छ ।

शिक्षाध्यक्ष खनाल राजधानी काठमाडौं आएर उपकुलपति ज्ञानेन्द्र गिरीलाई हटाएर आफू कार्यवाहक उपकुलपति बन्न मन्त्रालयमा लबिइङ गरेर धरान फर्किएका छन् ।

खनाल र ठाकुरको मिलेमतोमा भएका अनियमितता आधा दर्जन भन्दाबढी आरोपहरु यस्ता छन् :

➡️मेडिकल माफिया चेतन अग्रवालसँगको मिलेमतोमा एकै बोलपत्रमा दुुईपटक भ्याट जोडेर ३२ लाख अपचलन गरेको ,

➡️सुरक्षा ठेक्कामा ठेकेदार टेक लोहनीसँग नियमविपरीत सुरक्षा ठेक्का लगाए बापत २० लाख कमिसन लिएको,

➡️डाइलाइसिस् युनिट निर्माण गर्ने ठेकेदार कम्पनीसँग २० लाख कमिसन लिएको,

➡️फार्मेसी र चिकित्सक आवाश निर्माण गर्ने ठेकेदार सुशील झासँग १५ लाख कमिसन लिएको,

➡️आफू कार्यवाहक उपकुलपति रहँदा भुक्तानी गरेको करिब २८ करोडबाट १० प्रतिसत कमिसन लिएको,

➡️उपकुलपति बन्न स्थानीय नेकपाको सिफारिस लिएर प्रतिष्ठानलाई राजनैतिक मैदान बनाएको,

➡️सरसफाइ सम्बन्धी ठेकेदार गोपाल श्रेष्ठलाई अनियमित तवरले ५० लाख भुक्तानी गरेर २० लाख कमिसन लिएको,

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com