कोरोना संक्रमणबीच मैतीदेवी मन्दिर झिलीमिली


काठमाडौं । कोरोना संक्रमणबीच अहिले काठमाडौंका मन्दिरहरु झिलीमिली पारिएका छन् ।

कोरोना कहर उस्तै रहेपनि काठमाडौंका शक्तिपिठहरू दसैंका लागि खोलिएका छन् ।

स्वास्थ्य लाइभको टोली बेलुका मैतीदेवी मन्दिर पुग्दा उक्त मन्दिर बेहुलीझैँ सिँगारिएको थियो ।

कोरोनामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंले आदेश जारी गरेपनि काठमाडौंका मन्दिरहरुमा त्यो लागू भएको देखिँदैन ।

भोलिदेखि दसैं सुरू हुने भएकाले आजैदेखि मैतीदवी मन्दिर झिलीमिली पारिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com