आरजुलाई मिलाए भन्ने राप्तीकी उपकुलपति संगिताले रामकुमारीलाई मिलाउलिन्?


काठमाडौं । घोटालामा किर्तिमान कायम गर्न सफल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङकी उपकुलपति डा. संगिता भण्डारीले पदमा टिकिरहन प्रधानमन्त्री पत्नी आरजु देउवा राणालाई मिलाए भन्दै आएकी छन् ।

कांग्रेस नेतृ आरजुको पकडमा रहेको स्वास्थ्य मन्त्रालयले संगिताको बदमासी टुलुटुलु हेरेर बस्नुले उनको भनाइमा दम देखिन्थ्यो । अक्सिज खरिददेखि जग्गा भाडामा लगाउँदासम्म देखिने गरी घोटाला हुँदा पनि स्वास्थ्य मन्त्रालय मौन छ ।

संसदीय छानबिन समिति र मन्त्रालयले पटकपटक पठाएको छानबिन समितिले संगिताले राप्ती प्रतिष्ठानमा व्यापक अनियमितता गरेको प्रतिवेदन दिएपनि संगिता शक्ति केन्द्र मिलाएर कारबाहीबाट जोगिँदै आएकी छन् । आरजुलाई ‘दिज्यू’ भन्ने संगिताले नयाँ स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा आउन लागेकी नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई के गर्लिन् भन्ने स्वास्थ्य क्षेत्रमा व्यापक चासो छ ।

शक्ति केन्द्र मिलाएकै भरमा राप्ती  स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई घोटालाको प्रयोगशाला बनाउँदै आएकी उपकुलपति भण्डारीलाई थप प्रयोगशाला बनाउँन दिने कि नदिने भन्ने प्रश्न स्वास्थ्यमा आउन लागेको नयाँ मन्त्रीमाथि तेर्सिएको छ ।

जुनसुकै पार्टीको मन्त्रीलाई मिलाउँछु भन्दै हिड्ने उपकुलपति भण्डारीले स्वास्थ्यमा आउन लागेकी नेकपा एकीकृत समाजवादी पार्टीको उदयमान नेतृ रामकुमारी झाँक्रीलाई के गर्लिन् भन्ने आम जिज्ञासा रहेको छ ।

आरजुलाई दिज्यू भनेर प्रतिष्ठानमा दादागिरी देखाउँदै आएकी भण्डारीबाट प्रतिष्ठानलाई मुक्त गर्न नसक्ने हो भने स्वास्थ्यमा जो मन्त्री आए पनि ‘उहीँ ड्याङको उस्तै पिँडालु’ ठहरिने स्वास्थ्यका अधिकारी बताउँछन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com