एउटा स्तरीय हस्पिटल नभएको पूर्वको उदाउँदो शहर इटहरी


सुनसरी । इटहरी पूर्वको जल्दोबल्दो शहरको रुपमा परिचित छ । धरान र विराटनगरको तुलनामा शहरीकरणको हिसाबले इटहरी धेरै अगाडि देखिन्छ । जनघनत्व एकदमै बढ्दो छ ।

सुनसरीको सदरमुकाम इनरुवालाई छायाँमा पार्न सफल इटहरी अन्य पूर्वाधारमा पनि अगाडि छ । तर, मानिसको आधारभूत आवश्यकताको रुपमा रहेको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास र विस्तारमा भने इटहरीको अवस्था हेर्दा सबैभन्दा पछाडि देखिन्छ ।

तीब्र शहरीकरण र बढ्दो जनसंख्या रहेको इटहरीमा कोही बिरामी भइहाल्यो भने उपचारसमेत हुँदैन । इटहरीमा एउटा पनि सुविधासम्पन्न र स्तरीय हस्पिटल नहुँदा धरान, विराटनगरको मुख ताक्नु परेको छ । स्वास्थ्य पूर्वाधारका हिसाबले ठगिएको र धेरै पछाडि परेको जल्दोबल्दो शहरको रुपमा इटहरीलाई लिन सकिन्छ ।

सामाजिक  विकासको क्षेत्रमा मानिने स्वास्थ्य र शिक्षाका पूर्वाधारमा पछाडि परेको शहर अन्य पूर्वाधारमा अगाडि देखिएर मात्र विकास भएको मान्न नसकिने मान्यता छ । त्यो हिसाबले एउटास्तरीय हस्पिटलसमेत नरहेको इटहरीलाई विकास भएको सुविधासम्पन्न शहरको रूपमा लिने कि नलिने बहसको विषय बन्न सक्छ । हस्पिटलमा ठगिएको अर्को नामको रूपमा इटहरीलाई लिन सकिन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com