प्रहरी अस्पतालकी एआईजी डा. सिंहमाथि घोटालामा छानबिन


काठमाडौं । नेपाल प्रहरी अस्पतालकी प्रमुख एआईजी डा. आशा सिंहमाथि अनियमितताको आरोपमा छानबिन हुने भएको छ ।

प्रहरी अस्पतालमा भएको घोटालामा छानबिन गर्न  प्रहरी प्रधाना कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) विश्वराज पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनेको हो । डिआईजी वसन्त लामा एसएसपी पूजा सिंह र भीम ढकाल तथा कानुन शाखाका डिएसपी  ज्ञानेन्द्र बस्नेत सदस्य रहने गरी पोखरेल नेतृत्वमा सिंहले गरेको घोटालामा छानबिन गर्न समिति बनेको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अस्पताल प्रमुख सिंह र आर्थिक प्रशासन हेर्ने अधिकारीमाथि छानबिन गर्न समितिलाई निर्देशन दिएका छन् ।
समितिले कोभिड- १९ को बेला औषधि, उपकरण खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने टिओआर पाएको छ ।

अस्पताल प्रमुख एआईजी सिंहमाथि भारतबाट नयाँ कै मूल्य हालेर सेकेन्ड ह्यान्ड पिसिआर मेसिन किनेको, राष्ट्र संघीय शान्ति मिसनमा सहभागी नभइ सहभागी भएकै हैसियत देखाएर तक्मा लगाएको, गोर्खा दक्षिण बाहु (गोदबा) पदक लगाएकोलगायतका दर्जनौं विषयमा छानबिन गरिने समितिका एक सदस्यले स्वास्थ्य लाइभलाई बताए ।

डा. सिंहले लगाएको तक्मा

प्रहरी अस्पतालमा दर्जनौं अनियमिततामा मुछिएकी डा. सिंहलाई नेपाल चिकित्सक संघले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा “वूमन इन मेडिसिन इन नेपाल”अवार्ड प्रदान गरेको छ । घोटालामा आरोपित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारी र प्रहरी अस्पतालकी डा. सिंहलाई अवार्ड दिएर चिकित्सक संघले अवार्ड कै बद्नामी गराएको भन्दै संघको चर्को आलोचना हुँदै आएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com