सेभ द चिल्ड्रेनले सेटिङमा खरिद गरेको ठूलो परिमाणका उपकरण प्रयोग गर्न नमिल्ने


काठमाडौं । नेपालका सरकारी अड्डा (विशेषगरी स्वास्थ्य क्षेत्र) मा कब्जा जमाएर बसेको सेभ द चिल्ड्रेनले सेटिङमा खरिद गरेको ठुलो परिमाणका उपकरण प्रयोग गर्न नमिल्ने पाइएको छ । स्वास्थ्य लाइभले प्राप्त गरेको डकुमेन्टमा निकै ठुलो मात्रामा सेटिङ गरी स्वास्थ्य उपकरण खरिद गरेको तर, प्रयोग गर्न नमिल्ने पाइएको हो ।

नेपालका महत्वपूर्ण तथ्यांक विदेश चुहावट गर्ने आरोप लाग्दै आएको सेभ द चिल्ड्रेनका कर्मचारीले आफ्नो स्वार्थ अनुसार कमिसनमा स्वास्थ्य उपकरण खरिद गरेको पाइएको हो । उनिहरुले प्रयोग गर्न नमिल्ने उपकरण ल्याएको डकुमेन्ट स्वास्थ्य लाइभसँग सुरक्षित छ ।

स्वास्थ्य लाइभको निगरानीमा रहेको आइएनजिओमध्ये सेभ द चिल्ड्रेन पनि एक हो । गत आर्थिक वर्षमा सरकारले बनाएको स्पेसिफिकेसन्स भन्दा फरक गएर सेभ द चिल्ड्रेनले स्वास्थ्य उपकरण खरिद गरेको थियो । तर, आइएनजिओको पैसामा रमाएका सरकारी कर्मचारीले यस विषयमा बोलेका छैनन् ।

गत आर्थिक वर्षमा सरकारले माइस्क्रोपकोपमा हेर्ने ग्लास स्लाइड खरिद गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार स्वास्थ्य सेवा विभागले सात उपकरण खरिदका लागि स्पेक बनाएर सेभ द चिल्ड्रेनलाई दिएको थियो ।

सेभ द चिल्ड्रेनले भने स्पेक भन्दा बाहिरबाट सामान ल्याएको थियो । सरकारले सेभद चिल्ड्रेन माथि यस विषयमा कुनै कारबाही गरेको छैन ।

एक करोड बढी मूल्यका सामानमा सेभ द चिल्ड्रेनले सेटिङ गरी खरिद गरेको स्वास्थ्य लाइभलाई प्राप्त प्रमाणले स्पष्ट पार्छ । स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीले स्वास्थ्य लाइभसँग भने, ‘हामीले स्पेक तयार पारेर दिएका थियौं, तर, सेभ द चिल्ड्रेनले बाहिरबाट सामान खरिद गरेर ल्यायो । सेभको बदमासीको विषयमा कोही बोल्ने आट गर्दैनन् ।’

पछिल्लो समय स्वास्थ्य क्षेत्र पुरै एनजिओ ÷आइएनजिओको कब्जामा छ । स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको महत्वपूर्ण शाखा महाशाखामा बस्ने सहसचिव तहका कर्मचारी टिप्पणी उठाउने र चिठी बनाउन जान्दैनन् ।

उनिहरुले चिठी पत्रको स्वरुप समेत बुझेका छैनन् जसले गर्दा हरेक चिठी पत्र बनाउने र इमेल गर्नेकाम एनजिओ÷आइएनजिओका कर्मचारीको हातमा छ ।कुनै पनि कागजपत्र र रिर्पोट खोज्न परे सरकारी निकायमा पाइदैन तर, स्वास्थ्य मन्त्रालय कब्जा जमाएर बसेका एनजिओ ÷आइएनजिओका कर्मचारीसँग हुन्छ ।

स्वास्थ्य मन्त्रालय र विभागका उच्च अधिकारीहरुले सबै रिर्पोट र कार्यपत्र प्रस्तु गर्नुपरे एनजिओ÷आइएनजिओका कर्मचारीलाई बनाउँन लगाउँछन् । यसकै पुरस्कार स्वरुप स्पेक भन्दा बाहिरबाट उपकरण खरिद गरेको सेभका बारेमा मन्त्रालय विभाग बोल्न सकेको छैन ।

सबै गोप्य डकुमेन्ट, चिठी आइएनजिओका कर्मचारीले तयार पार्ने र सरकारी अधिकारीलाई विभिन्न देश तथा स्थान घुमाउने प्रलोभनले सरकारी कर्मचारी पाखा र आइएनजिओका कर्मचारी पछिल्लो समय काखा हुदै गएका छन् ।

स्पेक भन्दा बाहिरबाट ल्याएको सामान अहिले पनि स्टोरमा थन्क्याइएको छ । सेभ द चिल्ड्रेनले स्वास्थ्य सेवा विभागको खरिदमा स्पेसिफिकेन्स बनाउँनेदेखि सामान किनेर भिडाउने र अलपत्र बनाउनेसम्म हस्तक्षेप गर्दै आएको तथ्य खुलेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सार्वजनिक सरोकार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com