प्रहरी-वकीलको चेपुवामा स्वास्थ्य मन्त्रालय


काठमाडौं । रामशाहपथमा आफ्नै साम्राज्य खडा गरेको स्वास्थ्य मन्त्रालय प्रहरी र सरकारी वकील कार्यालयको चेपुवामा पर्न थालेको छ ।

कृषि विकास बैंकले पनि असर गर्न नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अहिले महानगरीय प्रहरी परिसर र सरकारी वकील कार्यालयको चेपुवामा परेको हो ।

स्वास्थ्य मन्त्रालयको संरचनालाई जिल्ला तथा विशेष सरकारी वकीलको कार्यालय र महानगरीय प्रहरी परिसरको कार्यालयले बनाउँदै गरेको भवनले छेक्ने देखिन्छ ।

माइतीघरतर्फबाट हेर्दा प्रहरी र सरकरी वकीलको निर्माण हुँदै गरेको भवनले स्वास्थ्य मन्त्रालयको भवन नै गायब पारेको देखिन्छ । कुनै जमानामा विशाल रुपमा खडा भएको स्वास्थ्य मन्त्रालय अहिले प्रहरी- सरकारी वकील कार्यालयको चेपुवामा परेको हो । बन्दै गरेका यी दुई संरचनाले स्वास्थ्य मन्त्रालयको अस्तित्व नै संकटमा परेको छ ।

स्वास्थ्य मन्त्रालयले माइतीघरतर्फको जग्गा लिएको भए यो अवस्था नआउन सक्थ्यो तर अहिले प्रहरी-वकीलको चेपुवामा पर्न स्वास्थ्य मन्त्रालय बाध्य छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com