अवैध क्रिष्टलको ठगी धन्दा रोकिएन

पिसिआर टेष्टमा प्राधिकरण १२ सय तोक्ने, अवैध क्रिष्टल २५ सय धोक्ने


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो मात्र र्यापीड आरटी-पिसिआर टेष्टको १२ सय रुपैयाँ मात्र लिन पाउने भनेर ल्याबहरुलाई पत्रचार गर्‍यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको निर्देशनमा विमानस्थल परिसरमा रहेका ल्याबहरुले १२ सयभन्दा बढी लिन नपाउने र १२ सयभन्दा बढी शुल्क लिएमा अनुगमन गरी कारबाही गर्न भनियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले निजी ल्याबहरूलाई पिसिआर टेष्ट गरेको १२ सय रुपैयाँ भन्दा बढी नलिन आइतबार पत्रचार गरेपनि क्रिष्टल डायग्नोष्टिक ल्यााबले सोमबार धमाधम २५ सय रुपैयाँ असुलिरहेको प्रमाण स्वास्थ्य लाइभले फेला पारेको छ । त्यस्तै सुमेरूले पनि २ हजार लिएर नेपाल नागरिक उड्डयन प्राधिकरण तोकेको मूल्यलाई चुनौती दिएको छ ।

पिसिआर टेष्ट गरेको सरकार १२ तोक्ने क्रिष्टल ल्याबले २५ सय रुपैयाँ धोक्ने ठगी धन्दा चलाइरहेको फेला परेको हो । तर हिजो मात्र निर्देशन दिने पर्यटनमन्त्री क्रिष्टलको  ठगी धन्दामा बेखबर छन् । स्वास्थ्य लाइभले उनको निजी नम्बरमा पटकपटक सम्पर्क गर्न खोज्दा पनि पर्यटनमन्त्री प्रेम आले सम्पर्कबिहीन अवस्थामा छन् ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी ल्याबको हकमा २ हजार मूल्य तोकेको छ । विमानस्थल परिसरको ल्याब भएकाले प्राधिकरणले १२ सय रुपैयाँ पिसिआर टेष्टको मूल्य तोकेको हो । यसलाई विमानस्थल कार्यालयले पिसिआर टेष्ट गरेबापत लिन पाउने आधिकारिक मूल्य भनेको छ । तर, क्रिष्टलले कुनै निर्णय नमानी २५ सय रुपैयाँ लिएर ठगी धन्दा चलाइरहेको छ ।

क्रिष्टल विमानस्थलमा अवैध रुपमा सञ्चालनमा रहेको ल्याब हो । क्रिष्टलले र्‍यापीड पिसिआर टेष्ट गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमतिसमेत लिएको छैन । उक्त अवैध ल्याबले परीक्षणमासमेत अवैध धन्दा चलाएको पाइएको हो । क्रिष्टलले सेवाग्राहीलाई मूल्य नै उल्लेख नगरी बिल दिन थालेको छ ।

ठगीमा प्रहरीको फरार सूचीमा कैलाश खड्काले चलाएको उक्त क्रिष्टल ल्याबले ठगी धन्दा निरन्तर चलाउँदा पनि सरकार मुकदर्शक बनेको छ । क्रिष्टलको ठगी धन्दा चलाउने अखडा म्यारियट होटल रहेको तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ ।

यता प्रयोगशालाबाट अनुमति लिएको स्टारले पनि २ हजार रुपैयाँ नै असुलेको प्रमाण फेला परेको छ ।

यता नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईंले १२ सय भन्दा बढी शुल्क लिने ल्याबमाथि भोलिदेखि नै कारबाही थालिने स्पष्ट पारे ।आज मात्र आफू कार्यालयमा हाजिर भएको भन्दै उनले भोलिबाटै प्रहरीसहित ल्याबको ठगी धन्दा रोक्न सक्रिय हुने प्रतिक्रिया दिए ।

स्वास्थ्य लाइभसँग कुरा गर्दै गुरागाईंले विमानस्थल परिसरमा रहेका ल्याबको अवैध कार्य रोक्न आफू तयार रहेको बताए । आफ्नो कार्यकालमा यस्ता गतिविधि रोक्ने प्रयास हुने उनको भनाइ छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com