प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले छुट्टै स्वास्थ्य मन्त्रालय बनाएनन्, सामाजिक विकासबाटै काम चलाउने


काठमाडौं ।  प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्र राईले छुट्टै स्वास्थ्य मन्त्रालय नबनाउने भएका छन् ।

मुख्यमन्त्री राईले हाललाई सामाजिक विकास मन्त्रालयबाटै स्वास्थ्यको काम कारबाही गर्ने भएका हुन् । उनले स्वास्थ्यसमेत हेर्ने गरी सामाजिक विकास मन्त्रीको जिम्मेवारी जसपाबाट जयराम यादवलाई दिएका छन् ।

प्रदेश एकमा छुट्टै स्वास्थ्य मन्त्रालय बनाउनु पर्ने माग उठिरहेको बेला राई मुख्यमन्त्री बनेकाले राईले के गर्छन् भन्नेमा सबैको चासो थियो । बागमती, लुम्बिनीलगायतका प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय गठन भएकाले प्रदेश एकमा पनि स्वास्थ्य मन्त्रालय बनाउनु पर्ने माग रहेेको छ । तर, नवनियुक्त मुख्यमन्त्री राईले प्रदेश एकमा छुट्टै स्वास्थ्य मन्त्रालय नबनाई सामाजिक विकास मन्त्रालयबाटै काम चलाउँने भएका छन् ।

राईले नेपाली काङ्ग्रेसबाट केदार कार्कीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्कीलाई भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारी दिएका छन् । त्यस्तै माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाएका छन् ।

भोजपुर प्रदेशसभा क्षेत्र नम्बर एक (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित राई एमाले हुँदै नयाँ बनेको पार्टी नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका हुन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com