स्वास्थ्यको बाह्रौं तहमा बढुवाका लागि समितिको बैठक जारी

मुख्यसचिवसहितको बैठकमा सहसचिव शैलजा रेग्मी कालाे साडीमा सहभागी


काठमाडौं । स्वास्थ्य सेवाको बाह्रौं तहमा बढुवाका लागि लोकसेवा आयोगका पदाधिकारीसहितको बढुवा समितिको बैठक अहिले स्वास्थ्य मन्त्रालयमा जारी छ ।

लोकसेवा आयोगका पदाधिकारी, मुख्यसचिव, स्वास्थ्य सचिव र विज्ञसम्मिलित बढुवा समितिको बैठक बाह्रौं तहको प्रमुख विशेषज्ञ पदमा बढुवाका लागि सिफारिस गर्न बसेको हो । समितिले स्वास्थ्यमा रिक्त रहेका बाह्रो तहमा बढुवाका लागि आवश्यक नाम सिफारिस गर्ने तयारी गरेको हो ।

समितिका एक सदस्यकाअनुसार सम्भवतः आजै सिफारिस गर्ने तयारी भइरहेको छ । स्वास्थ्यको बाह्राै तहमा तीन पद रिक्त रहेको छ ।

बढुवा समितिको बैठकमा सहभागी भएकी मन्त्रालयकी प्रशासन हेर्ने सहसचिव शैलजा रेग्मी भट्टराईले भने कालो साडी लगाएकी छिन् । राष्ट्रिय सतर्कता केन्द्रले उनलाई तोकिएको पोशाक नलगाएको भन्दै सचेत गराएको थियो । सतर्कता केन्द्रको छड्केमा हरियो साडी लगाएको पाइएपछि सचेत गराइएकी सहसचिव रेग्मीले फेरि तोकिएको पोशाक लगाउन छाडेकी हुन् । स्वास्थ्य सचिव नटेरेकी रेग्मिले मुख्य सचिवलाई समेच चुनाैति दिएकी छन् । सरकारले हरब बर्ष पाेशाक किन्न भनेर १० हजार दिन्छ । तर, रेग्मिले उक्त पैसा के गर्दिन चासाेकाे विषय बनेकाे छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com