शिक्षामा १७ हजार जनशक्ति थपिँदै, स्वास्थ्यमा २० हजार अभाव हुँदा पनि  अत्तोपत्तो छैन


काठमाडौं । तिहारलगत्तै शिक्षामा १७ हजार जनशक्ति थप्ने तयारी भएको छ । शिक्षक सेवा आयोगले तिहारपछि १७ हजार शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने तयारी थालेको छ । तर २० हजारभन्दा बढी जनशक्ति अभाव रहेको स्वास्थ्य सेवामा भने अहिलेसम्म कसैले पदपूर्ति गर्ने चासो दिएको छैन ।

शिक्षक सेवा आयोगका अध्यक्षको हैसियतमा मधुप्रसाद रेग्मी गएपछि १७ हजार शिक्षक व्यवस्थापन गर्न लागेका हुन् । लोकसेवा आयोगका अध्यक्ष बनेका माधव रेग्मी भने २० हजार हाराहारीमा स्वास्थ्यकर्मी आवश्यक हुँदा पनि चुपचाप देखिन्छन् ।
स्वास्थ्य सेवामा करारमा जनशक्ति राखेर स्थायी प्रवेशद्वार अबरुद्ध गर्दै आएको छ । करारमा नभई स्थायी रुपमा लोकसेवाले स्वास्थ्यको जनशक्ति व्यवस्थापन गनुपर्छ भनेर पटकपटक आवाज उठेपनि सुनुवाई हुन सकेको छैन । शिक्षामा १७ हजार रिक्त स्थानमा शिक्षकको विज्ञापन खुलाउने तयारी भएपनि २० हजार स्वास्थ्यकर्मीको रिक्त दरबन्दी पदपूर्ति गर्ने अत्तोपत्तो देखिँदैन ।

शिक्षाले जनशक्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ तर स्वास्थ्य जनशक्ति व्यवस्थामा आफैं अस्वस्थ देखिन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com