वीपी प्रतिष्ठानका पदाधिकारी हटाउने अस्त्र बन्यो, सिनेट बोलाउने तयारी


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पदाधिकारी हटाउने अस्त्र तयार भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको संयोजकत्वमा बनेको छानबिन समितिले प्रतिवेदन तयार पारिसकेको छ । समितिका सदस्य धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रतिवेदन तयार भएको जानकारी दिए ।

प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले समितिलाई दिएको २१ दिनको समय आज सकिँदैछ । समितिका संयोजक एवं सहकुलपति मन्त्री खतिवडा, स्वास्थ्य सचिव डा. रोशन पोखरेल र मेयर राई वीपी प्रतिष्ठानमै गएर छलफल तथा निरीक्षण गरिसकेका छन् ।

वीपीका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर डा. गुरू खनाल र अस्पताल निर्देशक गौरीशंकर शाहलाई ७२ घण्टे स्पष्टीकरणसमेत समितिले लिइसकेको छ । सबै प्रक्रिया पूरा गरेर प्रतिवेदन तयार भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा निकट उच्च स्रोककाअनुसार केही दिनभित्रै वीपीको  सिनेट बोलाएर पदाधिकारी हटाउने तयारी छ । वीपीको पदाधिकारी हटाउने अस्त्र समितिको प्रतिवेदन भएको बताउँदै स्रोतले त्यसैमा टेकेर पदाधिकारी बर्खास्त गर्ने मुडमा प्रधानमन्त्री देउवा रहेको स्पष्ट पार्‍यो ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com