स्वास्थ्यको बाह्रौं तहमा बढुवाका लागि ५ जना सिफारिस हुँदै


काठमाडौं । स्वास्थ्य सेवाको १२ औं तह प्रमुख विशेषज्ञमा सिफारिसका लागि बढुवा समितिको बैठक बस्ने तयारी छ । बढुवा समितिको आजैको बैठकबाट बढुवाका लागि सिफारिस हुने सम्भावना छ ।

बढुवा समितिको बैठकले तीन वटा रिक्त पदका लागि पाँच जनाको नाम सिफारिस गर्ने छ। कार्य सम्पादन र दुर्गम बसेको आधारको मूल्यांकनमा पहिलो नम्बरमा डा. श्यामसुन्दर यादव छन् ।

त्यसैगरी, योग्यताक्रमको दोस्रो नम्बरमा डा. श्रीकृष्ण श्रेष्ठ, व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिंह तिंकरी तेस्रो नम्बरमा छन् । चौथो नम्बरमा डा. संगीता मिश्रा परेकी छन्। यता पाँचौं नम्बरमा डा. गुणराज लोहनी परेका छन्। लोहनी दुर्गमको नम्बरले पछाडि परेका हुन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ