स्वास्थ्यको प्रमुख विशेषज्ञ बढुवाका लागि बैठक जारी, आजै सिफारिस


काठमाडौं । स्वास्थ्य सेवाको १२ औं तह प्रमुख विशेषज्ञमा सिफारिसका लागि बढुवा समितिको बैठक बसिरहेको छ ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलको कार्यकक्षमा बैठक जारी छ । बढुवा समितिको आजैको बैठकबाट बढुवाका लागि सिफारिस हुने सम्भावना छ ।

बढुवा समितिको बैठकले तीन वटा रिक्त पदका लागि पाँच जनाको नाम सिफारिस तयारी छ । लोकसेवा आयोगका प्रतिनिधि, विज्ञसहितको बढुवा समितिले सबै प्रक्रिया पूरा गरेर बढुवाका लागि सिफारिस गर्न लागेको हो ।

स्रोतकाअनुसार कार्य सम्पादन र दुर्गम बसेको आधारको मूल्यांकनमा पहिलो नम्बरमा डा. श्यामसुन्दर यादव छन् ।

त्यसैगरी, योग्यताक्रमको दोस्रो नम्बरमा डा. श्रीकृष्ण श्रेष्ठ, व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिंह तिंकरी तेस्रो नम्बरमा छन् । चौथो नम्बरमा डा. संगीता मिश्रा परेकी छन्। यता पाँचौं नम्बरमा डा. गुणराज लोहनी परेका छन्।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com