स्वस्थ फोक्सो बनाउन स्वास्थ्य मन्त्रालयको टिप्स


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फोक्सोलई  स्वस्थ बनाउने टिप्स दिएको छ । सिओपिडी हुन नदिन ७ वटा टिप्स दिएको हो ।

मन्त्रालयले दिएको टिप्समा धुम्रपान नगर्ने, तनावबाट टाढा रहने, वायु प्रदूषण रोक्ने, खाना पकाउँदा एलपिजी ग्यास वा विद्युतीय उपकरणको प्रयोग गर्ने, धुँवारहित चुलोको प्रयोग गर्ने, श्वासप्रश्वासमा कठिनाइ भए चिकित्सकसँग परामर्श लिने तथा व्यक्तिगत सरसफाइमा ध्यान दिने उल्लेख छ ।

मन्त्रालयले  विश्व क्रोनिक अव्सट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिडी) दिवसको अवसमा सिओपिडी हुन नदिन यस्तो टिप्स दिएको हो ।

 

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ