स्वास्थ्यको प्रमुख विशेषज्ञमा यादव, तिंकरी र लोहनी बढुवा


काठमाडौं । स्वास्थ्य सेवाको प्रमुख विशेषज्ञमा डा. श्यामसुन्दर यादव, डा. भीमसिंह तिंकरी र  डा. गुणराज लोहनीको बढुवा भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यको प्रमुख विशेषज्ञ (बाह्रौं तहमा) सिफारिस भएका पाँचमध्ये तीन जनालाई बढुवा गरेको हो । भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठकाअनुसार यादव, तिंकरी र लोहनीको प्रमुख विशेषज्ञमा बढुवा भएको छ ।

प्रमुख विशेषज्ञमा बढुवाका लागि एक महिला डा. संगिता मिश्रा, डा. यादव, डा. तिंकरी, डा.श्रीकृष्ण श्रेष्ठ र डा. लोहनीको नाम सिफारिस भएको थियो । तर आजको बढुवा सिफारिस भएकी एक महिलाको नाम परेन । बढुवामा समावेशी बनाउन महिलामन्त्रीहरुले आवाज उठाएपछि मन्त्रीहरुबीच दुई महिनापछि हुने बढुवामा महिला समेट्ने सहमति भएको छ ।

मन्त्री श्रेष्ठले तिंकरीको दुई महिना मात्र समय रहेको र त्यसपछिको बढुवा जसरी पनि महिला पर्ने कुरा भएको स्पष्ट पारिन। ‘उहाँको समय थोरै छ भन्ने कुरा भयो र दुई महिनापछि  हुने बढुवामा महिला नछुट्ने निश्चित भएकाले छाडिएको हो।’, उनले भनिन् । यद्यपि बढुवामा महिला छुट्दा आफूहरूलाई पनि नराम्रो लागेको मन्त्री श्रेष्ठको भनाइ छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com