पाकिस्तानमा अब बलात्कारीलाई केमिकल औषधि प्रयोग गरेर नपुंसक बनाइने


काठमाडौं । पाकिस्तानमा अब बलात्कारीलाई केमिकल औषधि प्रयोग गरेर नपुंसक बनाइने भएको छ ।

पाकिस्तानको  संंसदलपा बलात्कारीलाई केमिकल पदार्थको सुई दिएर नपुंसक बनाउने सजायसहितको कानुन पास गरेको सँगै बलात्कारीलाई नपुंसक बनाउने बाटो खुला भएको हो ।

संसदले पास गरेको बलात्कार सम्बन्धी नयाँ कानूनमा  नपुंसक बनाउन धेरै पटक बलात्कार गरेको हुनुपर्ने सर्त राखिएको छ । उक्त कानुनमा अदालतले औषधिको प्रयोग गर्ने आदेशलाई मेडिकल बोर्डले स्वीकृत गरेपछि नपुंसक बनाउन सुइ हान्ने सक्ने व्यवस्था राखिएको छ । कानुनमा केमिकल कास्ट्रेशन (रासायनिक नपुंसकीकरण) गर्न  प्रक्रिया उल्लेख गरिएको छ ।

औषधि प्रयोग गरेर बलात्कारीलाई नपुंसक बनाउने कानुन बनेसँगै  पाकिस्तानमा यसको समर्थन र बिरोधमा बहस सुरु भएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com