मेडिकल काउन्सिलको नयाँ कार्यसमिति छान्न मतदान सुरू


काठमाडौं । नेपाल मेडिकल काउन्सिलको नयाँ कार्यसमितिका लागि मतदान सुरू भएको छ ।

विराटनगरमा मतदान गर्दै

काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्यका लागि उपत्यकाबाहिर आजदेखि मतदान सुरू भएको हो । मंसिर ३ र ४ गते (आज र भोलि) काठमाडौं उपत्यकाबाहिर काउन्सिलको नयाँ कार्यसमितिका लागि मतदान सुरू भएको हो ।

काठमाडौं उपत्यकाको हकमा भने मंसिर १० र ११ गते कार्यतालिका छ । मेडिकल काउन्सिलको निर्वाचन उपत्यकाबाहिर र उपत्यकाभित्र गरेर दुई चरणमा गर्न लागिएको हो ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com