सिरान टेकलाई चिकित्सकको प्रश्न: गैरकानुनी हुने भनेको नम्बरमा एसएमएस किन गरियो ?


काठमाडौं । नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकको डाटा चोरी आरोपका विषयमा चिकित्सकहरुले नै आपत्ति जनाउन थालेका छन् । मेडिकल काउन्सिल सदस्य पदका उम्मेदवार कुम्भराज जोशीले काउन्सिलबाट चिकित्सकहरुको डाटा चोरी भएको भन्ने विषयमा छानबिन हुनुपर्ने माग गरेका छन् ।

नेपाल मेडिकल काउन्सिल सदस्य पदका उम्मेदवार कुम्भराज जोशीले एसएमएस सेवा प्रदायक सिरान टेक्नोलोजिजसँग आफूले माग्दा गैरकानुनी हुने दिन नमिल्ने भनेको चिकित्सकको नम्बरमा केही चिकित्सकलाई एसएमएस गर्न दिइएको विषयमा प्रश्न उठाएका छन् । ‘मैलें नै काउन्सिलका कुलसचिवज्यूलाई काउन्सिलमा दर्तावाला चिकित्सकको सम्पर्क नम्बर माग्दा यो गैरकानुनी हुने दिन नमिल्ने भन्नु भयो र एसएमएस सेवा प्रदायक कम्पनीसँग माग्दा पनि त्यो गैरकानुनी हुने दिन नमिल्ने भन्नु भयो’, उनले विज्ञप्तिमा भनेका छन् ।

एसएसएस सेवा प्रदायक कम्पनी भनेर जोशी ई-सेवाको सिरान टेकप्रति लक्षित गरी त्यो गैरकानुनी हुने दिन नमिल्ने भनेको नम्बरमा एसएमएस गएकोमा प्रश्न उठाएका हुन् ।

मतदाताबाट पनि पहिलेको एनएमसी दर्ता सम्पर्क नम्बरमा एसएमएस आएको र अहिले चलनमा भएको नम्बरमा नआएको भनेर गुनासो रहेको प्रसंग उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । आफूहरुलाई डाटा किन नदिएको भनेर काउन्सिलमाथि पनि जोशीले प्रश्न तेर्स्याएका छन् ।

मौन अवधि अगावै मेडिकल काउन्सिलबाट चोरीको आरोपको विषयमा छिनोफानो भएन भने चुनावी प्रक्रियाबाट अलग हुन बाध्य हुने काउन्सिललाई उनको चेतावनी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com