स्वास्थ्यमा योग्यता नै नपुगी पद हत्याउन खोज्नेको बिगबिगी


काठमाडौं ।  स्वास्थ्य क्षेत्रमा योग्यता नै नपुगी पद हत्याउन खोज्नेको बिगबिगी देखिएको छ । स्वास्थ्यमा योग्यता नै नपुगी पद हत्याउन खोज्ने पछिल्लो समय ह्वात्तै बढेका हुन् ।

कानुनअनुसारको  तोकिएको योग्यता नै नपुगेको व्यक्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनेको घटना सेलाउन नपाउँदै स्वास्थ्यमा अर्को अयोग्य काण्ड मच्चिएको छ । त्यो अयोग्य काण्ड लोकसेवा आयोगले बाहिर ल्याइदिएको हो ।

लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ एघारौँ तहको विभिन्न समूह तथा उपसमूह पदका उम्मेदवारहरुले तोकिएको न्यूनतम योग्यता पूरा नगरेको भन्दै अन्तर्वार्ता सूचीबाट १७ जनाको नाम हटाएसँगै स्वास्थ्यमा पद हत्याउन खोज्ने अयोग्यको बिगबिगी रहेको पुष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति हुन सहप्राध्यापक हुनु पर्नेमा त्यो योग्यता नै नपुगेका मंगल रावलले उपकुलपति हत्याएको घटना ताजै छ । अहिले एघारौँ तहमा त्यहिँ प्रवृत्ति देखिएपछि लोकसेवा आयोगले छानबिन गरेर एक्सन लिएको हो ।

कर्णालीमा  तोकिएको न्यूनतम योग्यता नै नपुगको व्यक्तिले उपकुलपति पद हत्याएपनि लोकसेवाले एघारौं तह हत्याउन खोज्ने १७ जना अयोग्यमाथि भने एक्सन लिएर पद हत्याउनबाट रोकेको छ । पछिल्लाे समयमा देखा परेका यी घटनाहरु हेर्दा स्वास्थ्यमा पद हत्याउन खोज्ने र हत्याउने अयोग्यहरूको बिगबिगी रहेको स्पष्ट हुन्छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ