डा. संगितालाई अन्तर्राष्ट्रिय समन्वय, डा. तारालाई नीति योजनामा ल्याउने तयारी


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखा र नीति योजना महाशाखा प्रमुख फेर्ने तयारी भएको छ ।
मन्त्री निकट उच्च स्रोतकाअनुसार अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुखमा डा. संगिता मिश्रालाई ल्याउने तयारी भएको छ । त्यस्तै नीति योजना महाशाखा प्रमुखको जिम्मेवारी डा. तारा पोखरेललाई दिन खोजिएको छ । प्रसूति गृहकी निर्देशक डा. मिश्रा र पोखरेलको सरुवा प्रक्रिया अघि बढिसकेको स्रोतको दाबी छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशक भने डा. अमिरबाबु श्रेष्ठलाई बनाइने भएको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com