वीर अस्पतालको कमाण्ड सम्हाल्न नपाएका मरासिनीलाई व्यवस्थापन


काठमाडौं । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीरको कमाण्ड सम्हाल्न नपाएका डा. रुद्र मरासिनीलाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

वीर अस्पतालको प्रमुख कार्यकारी अधिकारीको पत्र बुझेका डा. मरासिनीको सरुवा बीच बाटोमै हाइज्याक भएको थियो ।डा. जागेश्वर गौतमलाई हटाएर उनलाई वीरमा पठाइएको थियो । तर मरासिनीको सरुवा उल्ट्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भुपेन्द्रकुमार बस्नेतलाई पठायो । उनै डा. मरासिनीलाई व्यवस्थापन महाशाखाको निर्देशक बनाएर पठाइएको हो ।

व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरी १२ औं तह (प्रमुख विशेषज्ञ)मा बढुवा भएपछि त्यो ठाउँ खाली थियो । उक्त रिक्त स्थानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत  ११ औं तहका चिकित्सक डा. मरासिनीलाई लगिएको हो ।

 

 

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com