मणिपाल कलेजले आयोगलाई चुनौती दिएर अतिरिक्त शुल्क लिएको आरोप


काठमाडौं। मणिपाल कलेज अफ मेडिकल साइन्सेजले चिकित्सा शिक्षा आयोगलाई चुनौती दिएर अतिरिक्त शुल्क लिएको आरोप लागेको छ ।

शिक्षण शुल्कको परिभाषाले समेटेको भन्दाबाहेकको अतिरिक्त शुल्क लिन नपाउनेमा मणिपालले बढी शुल्क मागेको विद्यार्थीको गुनासो छ ।

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी रकम माग गरेको जानकारी पाएपछि मणिपाललाई घेर्ने विद्यार्थीहरूको तयारी छ ।

आयोगले तोकेको भन्दा बढी पैसा नतिर्न अभिभावक र विद्यार्थीलाई अनुरोध छ ।

मणिपालले अतिरिक्त शुल्क मागेपछि त्यसलाई खारेज गर्न भनिएको विद्यार्थी नेता प्रकाश पौडेलको भनाई छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com