कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाई सुरु 


काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाई सुरु भएको छ । जुम्लास्थित प्रतिष्ठानमा आजबाट  एमबिबिएस पढाई सुरु भएको हो ।

लामोप्रयास र मेहनतपछि एमबिबिएस पाढाई सुरु भएपछि कर्णलीमा खुसी छाएको छ । भौगोलिक बिकटताले निकैपछि परेको कर्णालीमा यातायात, विद्युत, सञ्चारको राम्रो व्यवस्था नहुँदा पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले यो सबै व्यवस्थ गरी एमबिबिएस पढाई सुरु गरको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसमा २० सिट, बिएमएसमा २० सिट, बिपिएचमा २० सिट, बि फार्मेसिमा २० सिटमा पढाई सुरु भएको हो । ७३ सालबाट एमबिबिएसको अध्यान अनुमतिको लागि प्रयास गरेको प्रतिष्ठानले गत फागुन एमबिबिएसका लागि २० सिट प्राप्त गरेको थियो ।

प्रतिष्ठानले ३ सय बेडको आफ्नै अस्पतालसहित एमबिबिएस पढाउनकआ लागि आवश्यक व्यवस्था गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म ९ वटा कार्यक्रम सञ्चालनमा छन् ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com