मणिपाल मेडिकल कलेजमा अनिश्चितकालिन तालाबन्दी 


काठमाडौं । चिकित्सा शिक्षा संघर्ष अभियान र नेशनल मेडिकल स्टुडेण्ड एसोसिएसन केन्द्रीय कमिटीले मणिपाल कलेज अफ मेडिकल साइसेन्जमा अनिश्चितकालिन तालाबन्दी लगाएको छ ।

एसोसिएसनका सभापति सुजन कडरियाले मणिपाल मेडिकल कलेजले भर्खरै भर्ना भएका एमबीबीएस / बीडीएस विद्यार्थीलाई अनावश्यक रुपमा अतिरिक्त शुल्क लिएकाले अनिश्चितकालिन तालाबन्दी लगाएको बताए ।

चिकित्सा शिक्षा संघर्ष अभियानका साथमा विद्यार्थी र अभिभावकहरूले मणिपाल मेडिकल कलेज ६-६ लाख अतिरिक्त शुल्क लिएपछि अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।

चिकित्सा शिक्षा आयोग निर्णय नमानेमा निजी मेडिकल कलजेकाविरूद्ध जस्तोसुकै आन्दोलनमा जान बाध्य हुने चिकित्सा शिक्षा संघर्ष अभियानको चेतावनी छ ।

मेडिकल कलेजहरुले विद्यार्थीलाई अनिवार्य होस्टलमा राख्न बाध्य पारिएको कुरा गैरकानुनी र लुुटको धन्दा भएको बताउँदै चिकित्सा शिक्षा संघर्ष अभियानले त्यस्ता मेडिकल कलेजविरुद्ध कठोर कदम चाल्ने उद्घोष गरेको हो  ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com