स्वास्थ्यको वार्षिक समिक्षामा आइएनजिओ संचालकको शानदार ‘इन्ट्री’, आफ्नै महाशाखा प्रमुखहरुलाई ‘नो इन्ट्री’


काठमाडौं । सरकारी उच्च अधिकारीहरुलाई अपमान गरेर एनजिओ, आइएनजिओका कर्मचारीलाई काखी च्यापेको सुन्दा अपत्यारिलो लाग्न सक्छ । प्रशासन सेवामा यस्तो गर्ने अधिकार कसैलाई छैन तर, स्वास्थ्यमा त्यसको ठिक उल्टो छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव र मन्त्रीले आर्थिक प्रलोभनमा परेर आफ्ना उच्च अधिकारीको अपमान गरेर एनजिओ, आइएनजिओका कर्मचारी च्यापेका छन् । स्वास्थ्य संरचना नै सरकारी सिस्टमबाहिर लैजान सफल भएका एनजिओकर्मीको स्वास्थ्यका महत्त्वपूर्ण बैठकमा शानदार प्रवेश (इन्ट्री) हुने गरेको छ ।

यसको पछिल्लो उदाहरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय संयुक्त वार्षिक समिक्षा कार्यक्रम हो । स्वास्थ्य मन्त्रालयमा मंसिर २२ देखि तीनदिने वार्षिक समिक्षा सुरु भएको छ । उक्त समिक्षामा स्वास्थ्यका उच्च अधिकारीहरुको सहभागिता हुन्छ । वर्षभरी भएका गतिविधि आगामी योजनालगायत स्वास्थ्यका समग्र विषयमा छलफल हुन्छ ।

स्वास्थ्य मन्त्रालयको वार्षिक समिक्षामा आफ्नै मन्त्रालयका उपसचिवदेखि महाशाखा प्रमुखहरुलाईसमेत प्रवेशमा रोक (नो इन्ट्री) लगाइएको छ । तर, आश्चर्यको कुरा स्वास्थ्य मन्त्रालय कब्जा जमाएर बसेका एनजिओकर्मीहरुको शानदार इन्ट्रीले स्वास्थ्य क्षेत्र सरकारी नियन्त्रणबाहिर गएको स्पष्ट हुन्छ ।

स्वास्थ्य मन्त्रालय र विभागका उच्च अधिकारीहरुलाई अपमानजनक शैलीमा जुमको लिङ् फेसबुकमा पठाइएको छ । उनीहरुलाई फोनमासमेत जानकारी गराइएको छैन । तर, हर्ड इन्टरनेशनलका प्रबन्ध निर्देशक डा. सुशील बरालको सरकारी अधिकारी र पत्रकार प्रतिबन्धित बैठकमा सानदार प्रवेश देखिएको छ ।

स्वास्थ्य मन्त्री र सचिवले आफ्ना कर्मचारीहरु भन्दामाथि एनजिओका कर्मचारी हुन् भनेर सांकेतिक रुपमा देखाउन पनि यो रणनीति अपनाएको धेरैको बुझाई छ । तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्याल र निमित्त स्वास्थ्य सचिव डा गुणराज लोहनीका प्रिय पात्रका रुपमा बराल मानिन्छन् । सरकारी कार्यक्रम ‘फेलियर’ बनाएर एनजिओ आइएनजिओको हातमा लैजान यिनीहरुले ठूलो भूमिका खेलेको विज्ञहरु बताउँछन् ।

 

लोहनी निमित्त सचिव भएकै बेला वार्षिक समिक्षा कार्यक्रममा बराललाई समिक्षा वैठकमा हर्ताकर्ता बनाएर प्रवेश गराइएको हो । यो विषयमा बुझ्न खोज्दा निमित्त सचिव लोहनी संयुक्त बैठक हो भन्दै पन्छिए । उनले आफ्ना कर्मचारीलाई वैठकमा बोलाइएको कुरा पनि अस्वीकार गरे । तर स्वास्थ्यका अधिकारीहरुलाई जुममा मात्र सीमित गराएर बराललाई हर्ताकर्ता बनाएर लोहनीको विशेष भूमिका रहेको आरोप लागेको छ ।

स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. शुशिलनाथ प्याकुरेल पूर्व स्वास्थ्यकर्मीहरु हुँदा हुँदै एनजिओ चलाउनेलाई वार्षिक समिक्षामा राख्नु राज्यमाथि ठूलो धोका भएको बताउँछन् । प्याकुरेलले स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र नसारे दिर्घकालीन रुपमा गम्भिर समस्या उब्जने बताए ।

 

एनजिओका कर्मचारी प्रवेश गराउनु नै स्वास्थ्य फेलियर हुनु हो

डा. सुशिलनाथ प्याकुरेल,
पूर्व प्रमुख विशेषज्ञ

सरकारी कार्यक्रममा आफ्ना कर्मचारी प्रतिबन्ध लगाएर एनजिओ,आइएनजिओका कर्मचारीले प्रवेश पाउनु भनेको स्वास्थ्य फेलियर भएको बुझ्नु पर्छ । स्वास्थ्य मन्त्रालय सरकारको नियन्त्रण भन्दाबाहिर गएको छ ।

एनजिओका कर्मचारी राख्नु भन्दा पूर्व कर्मचारी पदमबहादुर चन्द, लक्ष्मिराज पाठक, सेनेन्द्रराज उप्रेती, यसोबर्द्धन प्रधानहरुलगायतलाई बोलाउनु पथ्र्यो । महाशाखा प्रमुखहरुको संख्या ज्यादै कम छ । सरकारीलाई नराखेर एनजिओका कर्मचारी राख्नुले हामीहरुलाईसमेत खल्लो लागेको छ ।

विगतका समिक्षाहरुमा एनजिओकर्मी शुसिल बरालले नै कार्यक्रम चलाउने गरेको थियो । म प्रमुख विशेषज्ञ भएपछि मन्त्रालयमा विरोध गरेँ । स्वास्थ्य मन्त्रालयले बराल भन्दा धेरै विज्ञता भएका कर्मचारी छन् भनेपछि केही हस्तक्षेप रोकिएको थियो ।

मलाई जानकारी नै भएन

विरोध खतिवडा, स्वास्थ्यमन्त्री

मलाई एनजिओका कर्मचारी प्रवेश गरेको कुरा जानकारी भएन । भित्र हलमा सरकारी अधिकारीहरु .सँगै केही नयाँ व्यक्ति देखिए । मैले को हो भनेर सोध्दा डोनर एजेन्सी युनिसेफ, युएसएडका कर्मचारी राखेको भनेका थिए । त्यस पछि कुनै जानकारी भएन ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com