‘गाँजा औषधि प्रयोजनका लागि मात्र खुला होस्’ 


काठमाडौं । लागू औषध गाँजा मेडिकल (औषधि) प्रयोजनका लागि मात्र खुला गर्नुपर्ने आवाज उठेको छ ।

सरोकारवालाहरुले सरकारले पूर्ण रूपमा गाँजा खुलाउन खोजेको भन्दै औषधि प्रयोजनका लागि मात्र खुला गर्न आग्रह गरेका छन् ।

कन्ट्री ड्रग पोलिसी टाक्स टिमले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरूले गाँजा खुला गर्ने कानुनको मस्यौदा तयार भइरहेकाले सरकारलाई उक्त सुझाव दिएका हुन् ।

रिकभरिङ नेपालका सिईओ बिष्णु शर्मा फुँयालले गाँजालाई मनोरञ्जनका लागि नभई औषधि प्रयोजनका लागि मात्र खुला गर्नुपर्ने बताए । उनले  गाँजालाई मनोरञ्जनका लागिसमेत पूर्ण रुपमा खुला गरे राज्यले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

‘देशले ४ वटा संविधान फेरिसकेको छ तर लागू औषध नियन्त्रण ऐन, २०३३ अहिले सम्म परिवर्तन भएको छैन । यसलाई परिर्वतन गर्न जरुरी देखिन्छ’, शर्माले भने, गाँजा बेचेर कुनै पनि देश धनी भएको छैन । लागू औषध नियन्त्रणसम्बन्धी बनेका कानुन पालनामा नेपाल निकै फितलो देखिन्छ ।’,

उनकाअनुसार द ग्लोवल ड्रग पोलिसी इन्डेक्सले ३७ वटा राष्ट्रको कानुन कार्यान्वयनबारे गरेको अध्ययमा नेपाल लागू  लागू औषध नियन्त्रणसम्बन्धी बनेका कानुन कार्यान्वयन ४० नम्बरमा छ । अन्तर्राष्ट्रियस्तरमा यो खराब अवस्था मानिने शर्माल बताए ।

गाँजालाई वैधानिक बनाउनुपर्छ भन्ने आवाज उठिरहँदा र गृह मन्त्रालयले यो सम्बन्धी कानुन बनाउँदै गर्दा यी विषयमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com