वीपी प्रतिष्ठानमा प्रहरीको ‘परेड’


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा स्वास्थ्यकर्मीमाथि प्रहरीले दमन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा नेतृत्वको छानबिन समितिले हटाउन सिफारिस गरेका वीपीका पदाधिकारीलाई रोक्न खोज्दा आन्दोलरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबीच घम्साघम्सी भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुद्धिकरण अभियान संयुक्त संघर्ष समितिको कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको हो । संयुक्त संघर्ष समितिले शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएकोप्रति आपत्ति प्रकट गरेको छ ।

 

दिनरात नभनी जतिसुकै मेहनत गरेपनि सरकारको सुस्तता र पदाधिकारीहरुको हठले गर्दा प्रतिष्ठान ‘बन्द’जस्तै रहेको समितिको भनाई छ । तर बन्द आफूहरूले नभई वीपीका पदाधिकारीले गरेको संयुक्त संघर्ष समितिको दाबी छ ।

पदाधिकारीहरुको काठमाडौंको बसाई, सुविधा र खर्चमाथि प्रश्न उठाउँदै सिनेटसम्म त्यो कुर्चीमा बस्ने नैतिक हैसियत नरहेको संयुक्त संघर्ष समितिको ठहर छ ।

वीपीका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर गुरू खनाल र अस्पताल निर्देशक डा. गौरीशंकर शाहलाई सिनेटसम्म रोक्न समितिको तयारीपछि प्रतिष्ठानमा प्रहरीको परेड खेलाइएको हो । अस्पताललाई प्रहरी ब्यारेक जस्तो बनाएको भन्दै संयुक्त संघर्ष समिति प्रशासन र सरकारको आलोचना गरेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com