बुस्टर डोजमा फरक खोप लगाउन स्वास्थ्यको अनुमति


काठमाडौं । बुस्टर डोज खोप लगाउँदा पहिला र दोस्रो मात्रा जुन खोप लगाएको हो त्यहीँ खोप लगाउनु पर्ने निर्णयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ‘ब्याक’ भएको छ ।

मन्त्रालयले यसअघि लगाएकै खोप बुस्टर डोजको रुपमा लगाउनेबारेमा गरेको निर्णय उल्ट्याउँदै विज्ञहरुको सुझावका आधारमा फरक-फरक खोप लगाउन अनुमति प्रदान गरेको छ ।

स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ६० वर्ष माथिका व्यक्तिहरुलाई कोरोना विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो अन्तर्गत कोभिशिल्ड, एस्ट्राजेनेका, मोर्डना, फाइजर वा भेरोसेल लगाएकालाई कोभिशिल्ड वा एस्ट्राजेनेका खोप दिने  बाटो खुला गरिदिएको छ ।

पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिन सोही खोप नभएमा कोभिशिल्ड वा एस्ट्राजेनेका दिने निर्णय  मन्त्रालयको छ । यसले पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा खोप लगाउन नपाएकाले पनि पूर्ण मात्रा खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त निर्णयमा विदेशमा पहिलो मात्रा कोभिशिल्ड, एस्ट्राजेनेका, भेरोसेल, मोर्डना, फाइजर खोप लगाएको हकमा दोस्रो मात्रा कोभिशिल्ड वा एस्ट्राजेनेका खोप प्रदान गर्ने समेत उल्लेख गरेको छ । चैत्र मसान्तभित्र लक्षित समूहलाई पूर्ण मात्रामा खोप लगाउन स्वास्थ्य मन्त्रालयले फरक-फरक खोप लगाउन बाटो खोलिदिएको हो ।

क्याटेगोरी : विविध, समाचार
ट्याग : ## फरक फरक खोप, ## बुस्टर डोप खोप, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com